अध्यक्ष रितुसिंह वैद्यको नेत्तृवमा नाइमाको औपचारिक शुभारम्भ, को-को छन् बोर्ड सदस्य ?
काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टस् एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) औपचारिक रूपमा सांगठनिक गतिविधिमा सक्रिय भएको छ। कम्पनी रजिस्ट्रारको कार्यालयमा फागुन ९ गते दर्ता भएको यो संस्था दुई महिनापछि आधिकारिक रूपमा शुभारम्भ भएको हो। नाइमा अटोमोबाइल ब्राण्डका चारपांग्रे तथा दुईपांग्रे सवारीसाधनका आयातकर्ता र उत्पादक कम्पनीहरूलाई समेट्ने गरी स्थापना गरिएको हो। संस्थाको अध्यक्ष युनाइटेड ट्रेडर्स सिन्डिकेट (टोयोटा गाडीको आधिकारिक वितरक) की प्रबन्ध निर्देशक रितुसिंह वैद्य छिन्। संस्थामा उद्योग क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू सदस्यको रूपमा आबद्ध छन्। शेखर गोल्छा, शौरब जोशी, हेमन्त गोल्छा, यमुना श्रेष्ठ, निराकर श्रेष्ठ, सन्दिप सरद, क्याबिनेट श्रेष्ठ, सुहृद घिमिरे निकुञ्ज अग्रवाल र उदयन काभ्रा नाइमाका सदस्य छन्। नाइमाले अलग्गै अटो शो आयोजना गर्ने घोषणा गर्दै आफ्नो स्पष्ट दृष्टिकोण, कार्यक्षेत्र, मध्यकालीन तथा दीर्घकालीन योजना र मोबिलिटी सशक्तिकरणका लागि गरिने हस्तक्षेप कार्यक्रमहरू सार्वजनिक गरेको छ। संस्थाले नेपाली अटोमोबाइल क्षेत्रको समुचित व्यवस्थापन, विकास र नीति निर्माणमा प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed