देउवाको प्रस्ताव अनुसार गभर्नर नियुक्त गर्न ओली लचक
काठमाडौं ।राष्ट्र बैंकको गभर्नर नियुक्तिलाई लिएर कांग्रेस नेताहरूबाट टीकाटिप्पणी हुन थालेपछि सत्ता गठबन्धनकै भविष्यमाथि संशय पैदा भएको छ । ओलीसँगको अधिकांश भेटघाटमा कोही न कोही नेता साथै लिएर जाने देउवा मंगलबार एक्लै बालुवाटार पुगेका थिए। गभर्नरको बिषयमा निष्कर्षविहिन भएर सकिएको बैठक पछि एमालेका शिर्ष नेताहरुका अनुसार देउवाको प्रस्ताव अनुसार गभर्नर नियुक्त गर्न ओली लचक देखिएको बताएका छन् । नेपाल राष्ट्र बैंकको गभर्नरका लागि ओलीले नीलम ढुंगानालाई अगाडि सारिरहेका बेला देउवाले त्यसमा विमति जनाएका थिए। उनले आफूले दिने नामबाट नियुक्ति गर्नुपर्ने बताएका थिए। यसै विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच मंगलबार बिहान लामो संवादसमेत भएको थियो । उक्त छलफलबाट निष्कर्षमा पुग्न नसकेपनि प्रधानमन्त्री केपी शर्मा ओली भने अर्थतन्त्र चलायमान गराउन सहयोग गर्ने सक्षम व्यक्ति गभर्नर बनाउनुपर्ने र त्यसका लागि कांग्रेसको सहमति लिएरमात्रै अगाडि बढ्नेमा सकारात्मक देखिएको एमालेका केही शिर्ष नेता बताँउछन् । सत्तारूढ दुई दलबीच असमझदारी देखिएकाले थप छलफल गर्न बुधबार संयन्त्रको बैठक बोलाइएको छ । एमाले सचिवालयको सोमबार बसेको बैठकले कांग्रेसबाट उठेको असन्तुष्टिलाई राजनीतिक संयन्त्रमा छलफल गर्ने निर्णय गरेको थियो । गभर्नर काण्डले गठबन्धनमै संकट पर्ने भएसँगै प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पुन छलफल भएको छ । नयाँ गभर्नर नियुक्ती सम्बन्धमा सत्ता गठबन्धनभित्रैबाट समेत चर्को विरोध भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका … Continue reading देउवाको प्रस्ताव अनुसार गभर्नर नियुक्त गर्न ओली लचक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed