बजाज पल्सरमा आगलागी घटना बढ्दै, जोखिम उच्च

काठमाडौं । मोटरसाइकलप्रेमीहरूको रोजाइमा परिरहने बजाजको पल्सर मोटरसाइकल हाल गुणस्तर सम्बन्धी गम्भीर प्रश्नको घेरामा परेको छ । पछिल्लो समय देशका विभिन्न स्थानमा गुडिरहेको अवस्थामा पल्सर मोटरसाइकलमा एक्कासी आगलागी हुने घटना नियमितजस्तै हुन थालेपछि यस कम्पनीको उत्पादनमाथि ठूलो शंकाको बादल मडारिएको छ । मोटरसाइकल चलाउँदा सुरक्षाको विश्वसनीयताको पहिलो अपेक्षा गरिन्छ, तर बजाज पल्सर प्रयोगकर्ताहरूका लागि अब त्यो अपेक्षा मात्र एक भ्रम जस्तै देखिन थालेको छ । सर्वोच्च अदालत अगाडि गुडिरहेको प्र १–०१–०१५प ३३२३ नम्बरको बजाज पल्सर १५० मा एक्कासी आगो लागेको घटना पछिल्लो उदाहरण हो । चालकका अनुसार सामान्य तवरले गुडिरहेको मोटरसाइकलमा एक्कासि आगो लाग्यो । ज्यान जोगाउन उनले मोटरसाइकल रोक्न बाध्य भए र ट्राफिक प्रहरी तथा सर्वसाधारणको सहयोगमा आगो निभाउन सकियो । तर सवारी साधन भने गम्भीर रूपमा क्षतिग्रस्त भइसकेको थियो । कार्बुरेटरको ओभर फ्लो पाइपबाट पेट्रोल चुहिने समस्या बजाज पल्सर मोटरसाइकलमा दीर्घकालीन रूपमा देखिएको छ । कार्बुरेटर जस्तो महत्वपूर्ण भागमा यति गम्भीर त्रुटि हुनु कुनै सामान्य घटना होइन । पेट्रोल निस्कनु र तातो इन्जिनसँग सम्पर्क हुनासाथ आगलागी हुनु अत्यन्त खतरनाक अवस्था हो, जसले ज्यानसमेत जोखिममा पार्न सक्छ । गुणस्तरकै कमजोरीका कारण भरतपुर, पोखरा महानगर (प्रस्याङ्ग ), गुल्मी सदरमुकाम तम्घास र धरान–१३ गुडिरहेको १५० सिसीको पल्सर मोटरसाइकलमा अचानक आगलागी भई जलेर ध्वस्त भएका पछिल्ला घटनाहरु हुन् । यसअघि पनि उक्त … Continue reading बजाज पल्सरमा आगलागी घटना बढ्दै, जोखिम उच्च