काठमाडौ । सिद्धार्थ बैंक, जसको नारा हो ‘सम्बन्ध सधैंभरीलाई’, हाल त्यही सम्बन्ध विखण्डनको मोडमा पुगेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर प्रसाद कडेलको नेतृत्वमा बढेको अपारदर्शिता, स्वेच्छाचारिता र गुटबन्दीले गर्दा बैंक भित्र आन्तरिक द्वन्द्व चुलिएको छ । संस्थापक शेयरधनीहरू आक्रोशित छन्, बोर्ड भित्र असन्तुलन देखिन थालेको छ र सीईओको चरित्रमा नै गम्भीर प्रश्न उठेको छ । सीईओ कडेलमाथि खास गुटको मात्र विकास, आफ्ना निकटका संस्थापकहरूलाई पोषण र अन्यलाई निरन्तर उपेक्षा गर्ने आरोप लागेको छ । बैंकको अभ्यन्तरमा केही व्यक्तिहरूलाई विशेष अधिकार, भ्रमण सुविधा, होटल खर्च र प्रोत्साहन भत्ता दिई आफू पक्षधर बनाउने सीईओको शैलीले समग्र संस्थागत सन्तुलन गुमेको देखिन्छ । बैंकको गहिरिंदो आन्तरिक कलहबारे जानकार स्रोतहरू भन्छन्, ‘सीईओले आफ्नो अनुकूल नबोल्ने संस्थापक र सञ्चालकहरूलाई सिधा बेवास्ता गर्छन्, प्रत्यक्ष रूपमा निषेध गर्छन् र कहिलेकाहीं त बोर्ड बैठकमा नै अपमानजनक व्यवहार देखाउँछन् ।’ सीईओको यस्तो व्यवहारकै कारण संस्थापकहरू बैंकबाट टाढिँदै गएको देखिएको छ । कडेलको स्वेच्छाचारिता चरममा पुगेको आरोप छ । बैंकको सामान्य रणनीतिक छलफलदेखि ठूलो वित्तीय निर्णयमा समेत सीईओ आफैले सबै ठेके राख्न खोज्ने प्रवृत्तिका कारण व्यवस्थापन तहमा असहजता फैलिएको छ । सीईओका कृपापात्र कर्मचारीहरू मात्र अगाडि बढ्ने, बाँकीलाई मानसिक दबाब दिने, स्थानान्तरणको डर देखाउनेजस्ता गतिविधि आम अभ्यास बनेको स्रोतको भनाइ छ । सीईओ कडेलको मनपरी र भ्रष्टाचारको असर सिधै संस्थापक शेयरधनीहरूमा परेको देखिएको छ । २०८० सालमा मात्रै १३ … Continue reading भित्रि रुपमा अप्ठ्यारो अवस्थामा सिद्धार्थ बैंक, सीइओ कडेलको भ्रष्टाचार बढेपछि शेयर बेचेर बाहिरिँदै संस्थापक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed