सिजी मोटर्सको किङलङ ईभीको सुरक्षामाथि प्रश्न, काठमाडौंमा भयो यस्तो घटना

काठमाडौँ । चौधरी ग्रुप अन्तर्गत सञ्चालित सिजी मोटर्सले नेपाली बजारमा भित्र्याएको किङलङ विद्युतीय माइक्रो बस पुनः एकपटक दुर्घटनामा परेको छ । आइतबार बिहान ५ः४५ बजे काठमाडौँको मुख्य सडकखण्ड रत्नपार्क स्थित विद्युत प्राधिकरण कार्यालय अगाडि सो गाडी दुर्घटना हुँदा अगाडिको भाग पूरै क्षतिग्रस्त भएको हो । ‘श्री कलंकी माई इलेक्ट्रिक माइक्रो बस प्रा.लि.’ द्वारा सञ्चालन हुँदै आएको बागमती प्रदेश ०१–००२ ज ७०५२ नम्बरको किङलङ विद्युतीय माइक्रो बसको ब्रेकिङ स्टिममा समस्या आएपछि दुर्घटना भएको बताइएको छ । चालकका अनुसार गाडी चलाइरहेका बेला अचानक ब्रेक फेल भएको र आफ्नो नियन्त्रणबाहिर जाँदा दुर्घटना हुन पुगेको हो । गम्भीर क्षति भए पनि मानवीय क्षति भने नभएको बताइएको छ । यद्यपि, सो गाडीमा देखिएको प्राविधिक कमजोरीले गुणस्तर, ब्रेकिङ प्रणाली र कम्पनीको जिम्मेवारीप्रति गम्भीर प्रश्न उठाएको छ । सिजी मोटर्सले हेर्दा आकर्षक देखिने आधुनिक सुविधा भएको भन्दै बजारमा प्रचार गरिरहेका किङलङ ब्रान्डका गाडी एकपछि अर्को गर्दै समस्या देखिँदै आएको छ । विद्युतीय सवारीसाधनप्रति विश्वास बढाउने दाबीका साथ ल्याइएका यस्ता गाडीमा बारम्बार ब्रेक, ब्याट्री रेन्ज र सञ्चालनसम्बन्धी समस्या देखिनुले आम उपभोक्ताको विश्वासमा नै दरार परेको देखिएको हो । बागमती प्रदेश सरकारले सार्वजनिक यातायातमा सुधार ल्याउने, पुराना डिजेल र ग्यासबाट चल्ने गाडी विस्थापित गर्दै स्वच्छ विद्युतीय यातायातको अवधारणालाई कार्यान्वयनमा ल्याउने नीति लिएको छ । सोही नीतिअनुसार विद्युतीय माइक्रो बस … Continue reading सिजी मोटर्सको किङलङ ईभीको सुरक्षामाथि प्रश्न, काठमाडौंमा भयो यस्तो घटना