एनएस मोडलका बजाज पल्सर बाइकमा आगो लाग्ने समस्या बढ्दै
काठमाडौँ । जब कुनै बाइक स्टार्ट गर्नु अगाडि मनमा प्रश्न आउँछ-‘आज त आगो लाग्दैन होला, है?’-त्यो ब्रान्डको अवस्था कति भयावह छ भन्ने प्रमाणित हुन्छ । पछिल्लो समय बजाज मोटरसाइकल चलाउने धेरै चालकको दैनिक सोच यही बन्न थालेको छ । मोटरसाइकल भनेको यात्रा सजिलो बनाउने साधन हो डर बोकाउने होइन । तर बजाजका केही मोडेलहरू यति जोखिमपूर्ण बन्दै गएका छन् कि तिनीहरू चलाउने मात्र होइन, पार्किङमा राख्न पनि साहस चाहिन्छ । किनकि कहिले, कहाँ, कसरी आगो लाग्छ—भन्न सकिन्न । अब प्रश्न उठेको छ—बजाज बाइक किन्नु यात्राको सुरुवात हो कि जोखिमको ? पछिल्लो समय बजारमा लोकप्रिय देखिएको बजाज ब्रान्डका मोटरसाइकलमा एकपछि अर्को समस्या देखिन थालेका छन् । ग्राहकले सुरुमा लुक्स र पर्फमेन्सको प्रचारले लोभिएर सवारी किन्ने भए पनि लामो समयको प्रयोगमा गम्भीर किसिमका त्रुटिहरू देखिन थालेका छन् । विशेषतः सुरक्षा पक्षमा गम्भीर प्रश्न उठ्ने खालका घटनाहरू सार्वजनिक हुँदै गएका छन् । मोटरसाइकल गुड्दा गुड्दै वा पार्किङमै आगलागी हुने, इन्धन चुहावट हुने, वायरिङ सर्ट हुने, अत्यधिक तात्ने जस्ता समस्या व्यापक देखिन थालेका छन्, जसका कारण यो ब्रान्डप्रति विश्वास घट्दो क्रममा छ । बजाजको नाममा सबैभन्दा धेरै आलोचना कमाउने मोडेलहरूमा पल्सर एनएस २०० र पल्सर १५० रहेका छन् । यी मोडेलहरूमा विशेषगरी आगलागीको समस्या तीव्र रूपमा देखिएको छ । गर्मी मौसम सुरु भएसँगै इन्धन … Continue reading एनएस मोडलका बजाज पल्सर बाइकमा आगो लाग्ने समस्या बढ्दै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed