गभर्नरको नयाँ उम्मेदवारमा डा. विश्व पौडेल, तर हुनसक्छ गैर कानुनी

काठमाडौं । नेपाली कांग्रेस र एमालेको सत्ता गठबन्धनले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तीमा नयाँ फण्डा अघि सारेको छ । जस अनुसार छनौट समितिका सदस्य डा. विश्व पौडेललाई नै नयाँ गभर्नरको रुपमा नेपाली कांग्रेसले अघि सारेको छ । तर, डा. पौडेललाई सरकारले गभर्नर नियुक्त गरेमा उनको नियुक्ती गैर कानुनी हुनसक्नेछ । गभर्नर नियुक्ती गर्न दुई तिहाईको सरकार असफल भएपछि यतिबेला सिंगो सरकार र शासन व्यवस्था नै जगहसाईको पात्र बनिरहेको छ । दैनिक सञ्चार माध्यमहरुमा समाचारहरु आइरहेका छन् । मिडिया कन्टेन्ट बिक्रीको बिषय बनेको गभर्नर सम्बन्धी एजेण्डाबारे सरकारको नेतृत्व गरिरहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता गठबन्धन दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाका बीचमा दैनिक जसो भेटवार्ता र छलफलहरु भइरहेको छ । तर, गभर्नर को बन्छ अझै अन्योलता कायमै छ । नेपाली कांग्रेसले विवादरहित बैंकिङ क्षेत्रको ज्ञान भएको व्यक्ति नपाउँदा यस्तो समस्या आएको स्पष्ट देख्न सकिन्छ । कूलमानलाई प्राधिकरणबाट हटाएपछि गभर्नर नियुक्ती कांग्रेसको भागमा परेको छ । कांग्रेसको भागमा परेको गभर्नर नियुक्तीको सम्बन्धमा सभापति शेर बहादुर देउवाले उपयुक्त र बैंकिङ क्षेत्रबारे बुझेको व्यक्तिको नाम सिफारिस गर्न सकिरहेका छैनन् । सबैभन्दा विवादित व्यापारीको स्वार्थ भएका ज्ञानेन्द्र प्रसाद ढुंगानाको नाम पनि प्रस्ताव गरियो । जुन बिषय छताछुल्ल भएपछि नयाँ पात्र खोजियो । नयाँ पात्र पनि नेपाल राष्ट्र बैंकका जुनियर कर्मचारी डा. गुणाकर … Continue reading गभर्नरको नयाँ उम्मेदवारमा डा. विश्व पौडेल, तर हुनसक्छ गैर कानुनी