५० करोडको लगानीमा एसटीसी इनर्जी: स्वचालित प्लान्टबाट गुणस्तरीय र प्रतिस्पर्धी ब्याट्री

हेटौंडा । हेटौंडाबाट ब्याट्री उत्पादन सुरु गरेर एसटीसी इनर्जीले नेपालको सवारी साधन उद्योगमा आत्मनिर्भरता ल्याउने सम्भावनाको ढोका खोलेको छ। एसटीसी ग्रुपअन्तर्गत सञ्चालनमा आएको यस कम्पनीले ५० करोड रुपैयाँभन्दा बढीको लगानीमा स्थापना गरेर एसटीसी, राइड र इनर्जी ब्रान्डमा टु–ह्विलर, अटोमोटिभ र इनभर्टर प्रयोजनका ब्याट्रीहरू स्वदेशमै उत्पादन गर्न थालेको हो। गुणस्तरीय उत्पादनलाई प्राथमिकता दिँदै कम्पनीले आयातित ब्याट्रीको विकल्पका रूपमा आफूलाई स्थापित गर्दै नेपालमै ब्याट्री उत्पादनको नयाँ युग सुरु गरेको छ। हेटौंडाको औद्योगिक क्षेत्रभित्र २१ रोपनी क्षेत्रफलमा फैलिएको आधुनिक प्रविधियुक्त यस प्लान्टबाट हाल मासिक २५ हजार युनिटका दरले ब्याट्री उत्पादन भइरहेको छ । कम्पनीका प्रबन्ध निर्देशक सुरेशकुमार उप्रेतीका अनुसार कम्पनीको वार्षिक बिक्री लक्ष्य ४ देखि ५ लाख युनिटसम्मको रहेको छ । नेपालमा यतिबेला पनि सवारीसाधनमा प्रयोग हुने ब्याट्रीको ठूलो हिस्सा भारत, चीन, कोरिया, अमेरिका, जर्मनी, जापान, फ्रान्स, अष्ट्रेलिया, मेक्सिको, थाइल्यान्डलगायत २० भन्दा बढी देशबाट आयात भइरहेको अवस्था छ । यो परनिर्भरताको सन्दर्भलाई अन्त्य गर्दै एसटीसी इनर्जीले ब्याट्रीको उत्पादन नेपालमै थालेको हो । नेपालमा खासगरी लिड एसिड, निकेल क्याडमियम, निकेल आइरन, निकेल मेटल हाईड्राइड, लिथियम आयन, पावर बैंक ब्याट्री लगायतका ब्याट्रीहरु आयात हुने गर्दछन् । यी सबैमा आत्मनिर्भरता हासिल गर्ने दीर्घकालीन लक्ष्यका साथ एसटीसी इनर्जी अघि बढिरहेको छ । उद्योगको उत्पादन प्रक्रिया अत्याधुनिक प्रविधिमा आधारित छ । चीन, भारत र जापानबाट ल्याइएका मेशिनमार्फत पूर्ण … Continue reading ५० करोडको लगानीमा एसटीसी इनर्जी: स्वचालित प्लान्टबाट गुणस्तरीय र प्रतिस्पर्धी ब्याट्री