‘सिजी केवाईसी’ ईभी माइक्रोबस सिन्धुलीको दधौलीस्थित मकैबारीमा उत्तान्टाङ

काठमाडौँ । पछिल्लो समय सिजी मोटर्सद्वारा नेपाली बजारमा भित्र्याइएका विद्युतीय माइक्रोबसहरू निरन्तर दुर्घटनामा पर्दै गएका कारण गाडीको सुरक्षामाथि गम्भीर प्रश्न उठेको छ । गुणस्तरमा विश्वसनीय देखाउने उद्देश्यसहित बजारमा उतारिएका यी सवारी साधनमा यान्त्रिक समस्या देखिँदै आएको हो । बैशाख २८ गते आइतबार मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको दुधौलीस्थित मकैबारीमा सिजी मोटर्सले बिक्री गरेको ‘सिजि केवाईसी’ ब्रान्डको विद्युतीय माइक्रोबस दुर्घटनामा गरेको छ । रामपुर, गाईघाट हुँदै धुलिखेलसम्म सेवा दिँदै आएको ००१ ज ०८७६ नम्बरको गाडी दुर्घटनामा परेपछि यात्रुहरू त्रसित बनेका छन् । गाडी दुर्घटनाको कारणबारे अहिलेसम्म आधिकारिक जानकारी दिइएको छैन । तर, यो घटनाले यी सवारीहरूको प्रविधि र सुरक्षा प्रणालीमा गम्भीर समस्या रहेको आशंका बलियो बनाएको छ । यसअघि पनि सिजी मोटर्सकै अर्को ‘किङलङ ईभी माइक्रो’ काठमाडौंको रत्नपार्क क्षेत्रमा ब्रेक फेल भएर दुर्घटनामा परेको थियो । त्यस घटनामा गम्भीर मानवीय क्षति नभए पनि यात्रुहरूलाई ठूलो मानसिक आघात परेको थियो । यस्तो दुर्घटना केही हप्ताको अन्तरालमै दोहोरिएपछि सिजी मोटर्सद्वारा भित्र्याइएका विद्युतीय गाडीहरूको गुणस्तरीय पक्षप्रति आम मानिसको विश्वास घट्दै गएको देखिन्छ । अर्कोतर्फ, यी दुर्घटनाका घटनाहरू सार्वजनिक भइरहँदा पनि सिजी मोटर्सले कुनै स्पष्ट जानकारी नदिएको र उल्टै सूचना लुकाउने प्रवृत्ति देखाएको उपभोक्ताहरूको गुनासो छ । गाडीमा समस्या देखिएर पटक–पटक दुर्घटना हुन थाले पनि कम्पनीले यसको जिम्मेवारी लिनुको सट्टा घटनालाई सामान्य ठहर गर्दै बेवास्ता … Continue reading ‘सिजी केवाईसी’ ईभी माइक्रोबस सिन्धुलीको दधौलीस्थित मकैबारीमा उत्तान्टाङ