खल्ती र कनेक्ट आइपिएसको नाममा करोडौंको ठगीः ग्राहकको पैसा दाउमा, गहिरो निन्द्रामा नियामक

काठमाडौँ । डिजिटल प्रविधिको प्रयोगले जीवन सहज बनाउँदै लगिरहेको वर्तमानमा नेपाली नागरिकले बिश्वास गरेका डिजिटल वालेट प्रणालीहरू खल्ती र कनेक्ट आइपिएस नै अहिले ठगीको नयाँ हतियार बनेका छन् । वालेट सेवाको नाम दुरुपयोग गर्दै अनधिकृत व्यक्तिहरूले लाखौं प्रयोगकर्ताको खातामा पहुँच बनाई करोडौं रकम ठगी गरिरहेको पाइएको हो । नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गतको साइबर ब्यूरोका अनुसार ठगहरूको एउटा संगठित समूहले वालेव प्रणालीमा पहुँच बनाई ठगी गर्ने कार्य तीव्र बनाएको छ । उनीहरू बल्क एसएमएस सेवा प्रदायक कम्पनीहरूको माध्यमबाट खल्ती र कनेक्ट आइपिएस प्रयोगकर्ताहरूलाई त्रास उत्पन्न गर्ने खालका एसएमएसहरू पठाउने गरेको पाइएको हो । एसएमएसमा ‘तपाईंको खाता ६ घण्टामा बन्द हुनेछ, तुरुन्तै प्रमाणित गर्नुहोस्’ वा ‘तपाईंको खाता निलम्बन गरिएको छ, पहुँच पुनः प्राप्त गर्न आत्म–प्रमाणन प्रक्रिया पूरा गर्नुहोस्’ भन्ने जस्ता सन्देशहरू पठाउने गरेका हुन् । ठग समूहका एसएमएसहरूले प्रयोगकर्ताहरूलाई तत्काल क्लिक गर्न बाध्य पार्ने र उनीहरूलाई खल्ती वा कनेक्ट आइपिएस जस्तै देखिने नक्कली वेबपृष्ठमा लग्ने गरेका छन् । त्यहाँ प्रयोगकर्ताले आफ्नो प्रयोगकर्ता नाम, पासवर्ड, ओटीपी लगायतका गोप्य जानकारी प्रविष्ट गरेपछि ठगहरूले ती जानकारी प्रयोग गरी बैंक खाता र डिजिटल वालेटमा रहेको रकम अन्यत्र सारि लाखौं रुपैयाँ सजिलै लुट्ने गरेका हुन् । प्रहरी उपरीक्षक दीपक राज अवस्थीका अनुसार यस्ता ठगीका घटनाहरू हाल आएर दिनहुँ ब्यूरोमा उजुरी परिरहेका छन् । उनका अनुसार बल्क … Continue reading खल्ती र कनेक्ट आइपिएसको नाममा करोडौंको ठगीः ग्राहकको पैसा दाउमा, गहिरो निन्द्रामा नियामक