के आई सिंहका अध्यक्ष शाहीको बदमासी, सरकारी पैसामा किनेको सवारी पालिकाको नाममा दर्तै नगरी प्रयोग
काठमाडौँ । डोटी जिल्लाको के आई सिंह गाउँपालिका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले सरकारी सवारी सधान दुरुपयोग गरेको भेटिएको छ । सरकारी बजेटबाट खरिद गरेको सवारी साधन (मोटरसाइकल) मा नीजि नम्बर प्लेट प्रयोग गरी बद्नियतपूर्ण तरिकाले दुरुपयोग गरेको पाइएको हो । गाउँपालिकाको बजेटबाट खरिद गरिएको मोटरसाइकल पालिकाको नाममा दर्ता नगरेको करीव एक वर्ष भयो । शाहीले बा.प्र. ०२ ०५१ प ४४८५ रातो होण्डा कम्पनीको एक्सआर १९० मोटरसाइकल पालिकाको नाममा दर्ता गराएका छैनन् । खरिद गर्दाको बखत बागमती दर्ता गरिएको सो मोटरसाइकलको सहमति यातायात व्यवस्था कार्यालय सेती धनगढीमा लगिएको भएपनि सो कार्यालयमा पालिकाको नाममा दर्ता गरिएको छैन । निजी नम्बर प्लेट प्रयोग गरी सार्वजनिक विदामा समेत सरकारी सवारीसाधन प्रयोग गरिरहेका छन् । प्रचलित कानूनको धज्जी उडाउँदै उनले सरकारी सम्पत्तिको चरम दुरुपयोग गर्दै आएका छन् । उनले सो साधन २०८१ भदौ महिनामा काठमाडौंको यातायात व्यवस्था कार्यालय मोटरसाइकल, गुर्जुधाराबाट यातायात व्यवस्था कार्यालय, सेति धनगढी, कैलालीमा दर्ता गराउने भनी सहमति लगेका थिए । तर, सहमति लिएर गएपनि हालसम्म सो यातायात कार्यालयमा दर्ता नगरिएको यातायात व्यवस्था कार्यालय धनगढीले जानकारी दिएको छ । अध्यक्ष शाहीले पनि सो मोटरसाइकल दर्ता नगरिएको स्वीकार गरेका छन् । गत वर्षको भदौ महिनादेखि २०८२ सालको जेठ महिनासम्म यातायात व्यवस्था कार्यालय सेति धनगढीमा सवारी दर्ता गरी सरकारी नम्बर प्लेट लिएका छैनन् । उनले … Continue reading के आई सिंहका अध्यक्ष शाहीको बदमासी, सरकारी पैसामा किनेको सवारी पालिकाको नाममा दर्तै नगरी प्रयोग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed