नेपाल इन्स्योरेन्सले घटायो हकप्रद अनुपात
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले बोनस शेयर वितरणपछि चुक्ता पूँजी बढेकाले हकप्रद शेयरको अनुपात घटाएको छ। कम्पनीलाई नेपाल धितोपत्र बोर्डले चुक्ता पूँजी १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार ९४० रुपैयाँको आधारमा १० बराबर ४ को अनुपातमा ६५ लाख ७६ हजार ९७६.७६ कित्ता हकप्रद निष्कासन गर्न अनुमति दिएको थियो। यसबीच कम्पनीको गत चैत १९ गतेको साधारणसभाले यस वर्ष शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी बढेर १ अर्ब ८९ करोड ८ लाख ७८ हजार २३१ रुपैयाँ कायम भइसकेको छ। यस अवस्थामा बोर्डले जेठ २३ गते कम्पनीलाई दिएको निर्देशनअनुसार बोनस शेयर वितरणपछि कायम चुक्ता पूँजीको आधारमा बोर्डले स्वीकृत गरेको रकम बराबर हुने गरी १० बराबर ३४.७८३ को अनुपातमा हकप्रद निष्कासन गर्ने निर्णय कम्पनीले गरेको हो। हकप्रद शेयर निष्कासनका लागि कम्पनीले जेठ ३० गते बुक क्लोज गर्दैछ। यसर्थ जेठ २९ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम शेयरधनीहरूले मात्रै कम्पनीको हकप्रदमा आवेदन दिन सक्नेछन्। कम्पनीले हकप्रद शेयर निष्कासनको मिति भने हालसम्म तय गरिसकेको छैन। कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed