हिमालयन बैंकको व्यवस्थापन र सीईओका कारण सशंकित हबिब बैंक, ३ अर्बको शेयर बेचेर देश छोड्दै

काठमाडौँ । हिमालयन बैंक लिमिटेडमा व्यवस्थापन संकट र गम्भीर गुटबन्दीका कारण अन्तर्राष्ट्रिय लगानीकर्ता पाकिस्तानको हबिब बैंक लिमिटेड पूर्ण रूपमा बाहिरिन लागेको छ । संस्थापक शेयर लगानीकर्ता रहेको हबिब बैंक अहिले तीन अर्ब १३ करोड ७३ लाख रुपैयाँ बराबरको शेयर बिक्री गरेर नेपालको बैंकिङ प्रणालीबाट हात झिक्न लागेको हो । हबिब बैंकले शेयर बिक्रीका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाइसकेको छ । स्वीकृति पाएलगत्तै बैंकले यही जेठ ३० गते सार्वजनिक सूचना प्रकाशित गरी आफ्नो दुई करोड ८० लाख १२ हजार चार सय ४७ कित्ता संस्थापक शेयर बिक्रीको प्रस्ताव सार्वजनिक गरेको हो । सूचनाअनुसार ३५ दिनभित्र इच्छुक शेयरधनीले आवेदन दिन सक्नेछन् । हबिब बैंकले सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११२ रुपैयाँ ८० पैसा तोकेको छ । बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शम्भु राणाको नेतृत्वमा पछिल्ला केही वर्षयता बढ्दै गएको अपारदर्शिता, निर्णय प्रक्रियामा एकल वर्चस्व र संस्थागत स्वेच्छाचारिता मुख्य कारण बन्न पुगेको छ । बैंकभित्रको आन्तरिक राजनीति, गुटगत निर्णय प्रक्रिया र सीईओको ‘अकाउन्टेबल’ कार्यशैलीबारे संस्थापक शेयरधनीहरू लामो समयदेखि असन्तुष्ट रहँदै आएका थिए । सीईओ राणाको कार्यशैली प्रति असहमति राख्दै हबिब बैंकले वि.सं. २०७६ मै शेयर बिक्री गरेर बाहिरिन चाहेको थियो । तर तत्कालीन गभर्नर महाप्रसाद अधिकारीले स्वीकृति नदिँदा त्यसबेला उक्त प्रक्रिया रोकिएको थियो । अहिले भने अधिकारीकै कार्यकालको अन्तिम चरणमा राष्ट्र बैंकले बिक्री … Continue reading हिमालयन बैंकको व्यवस्थापन र सीईओका कारण सशंकित हबिब बैंक, ३ अर्बको शेयर बेचेर देश छोड्दै