राजनीतिक दलका अखडा बन्दै के आई सिंहका विद्यालय, एसईई नतिजाले देखायो खस्किएको शैक्षिक स्तर

काठमाडौं । डोटी जिल्लाको के आई सिंह गाउँपालिकाको शैक्षिक सत्र २०८१ को एसईई नतिजा निराशाजनक रहेको छ । गाउँपालिकाको शिक्षा शाखाले सार्वजनिक गरेको विवरण अनुसार विद्यार्थीहरूको सुनौलो भविष्य मेरुदण्डको रुपमा हेरिएको एसईई परीक्षामा २३.८६ प्रतिशतमात्र विद्यार्थीले उत्तीर्ण भएका हुन् । शैक्षिक सत्र २०८१ मा के आई सिंह गाउँपालिकामा रहेका १० वटा विद्यालयका कुल २८१ जना विद्यार्थीहरू एसईई परीक्षामा सहभागी भएका थिए । जसमा ६७ जना मात्र विद्यार्थीहरु उक्त परीक्षा उत्तीर्ण गर्न सफल भएका छन् । के आई सिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाहीले एसईईको नतिजामा आफू सन्तुष्ट नरहेको धारणा व्यक्त गरेका छन् । उनले भने, ‘यस नतिजाप्रति हामीले सन्तुष्ट हुन सक्ने अवस्था छैन् । शैक्षिक संस्थाहरुको खस्किदो अवस्थाप्रति हाम्रो तर्फबाट पनि केही कमीकमजोरी भएको छ । आउँदो दिनमा सुधार गर्दै अघि बढ्ने छौं ।’ गाउँपालिकाको शैक्षिक स्तर खस्किदै गएको स्वयम् गाउँपालिका अध्यक्ष शाहीले स्वीकार गरेका छन् । उनले अभिभावक, शैक्षिक संस्थाका शिक्षक तथा हामी सबैको केही कमजोरीका कारण शिक्षाको अवस्था खस्किदै गएको बताए । शक्ति र सत्ताको आडमा महत्वपूर्ण पदमा रहेर विद्यालय सञ्चालन गरिरहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक र विशेषगरी योग्यता नै नपुगेका तर, राजनीतिक पहुँचको आधारमा नियुक्ति लिएर विद्यालय शिक्षकको नाममा विद्यार्थीहरूको भविष्यसँग खेलवाड गरिएको कारण के आई सिंह गाउँपालिकाको शैक्षिकस्तर दिन प्रति दिन खस्किदै गएको एक स्थानीयले बीमापोष्टलाई … Continue reading राजनीतिक दलका अखडा बन्दै के आई सिंहका विद्यालय, एसईई नतिजाले देखायो खस्किएको शैक्षिक स्तर