भरोसाको नाममा धोका: एनआईएमबि क्यापिटलको एसआईपी योजनाले लगानीकर्तालाई बनायो सास्तीको पात्र

काठमाडौँ । साना लगानीकर्तालाई लक्षित गर्दै सञ्चालन गरिएको एनआईएमबि क्यापिटल लिमिटेडको सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान (एसआईपी) योजनामा हाल व्यापक असन्तुष्टि र गुनासो उत्पन्न भएको छ । प्रारम्भमा राम्रो प्रतिफल दिने, लगानीकर्तालाई लामो समयको लागि नियमित बचत र लगानीको अभ्यास गराउने लक्ष्यसहित सुरु गरिएको योजना अहिले उल्टै ग्राहकलाई दुःख दिने र रकममै खेलवाड गर्ने माध्यम बनिरहेको हो । ‘सस्तोमा राम्रै प्रतिफल’ भन्ने प्रचारसहित प्रस्तुत गरिएको एसआईपी योजनामा लगानी गरेका धेरै ग्राहकले आफ्नो रकम समयमा शेयर इकाइमा रूपान्तरण नभएको, खातामा अद्यावधिक नदेखिएको र लामो समयसम्म ‘पेन्डिङ’मा राखिएको गुनासो गरेका छन् । एनआईएमबि क्यापिटलको व्यवस्थापनले ग्राहकलाई सेवाग्राही नभई बोज ठानेझैं व्यवहार गरिरहेको तीव्र आलोचना बढ्दो छ । सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान (एसआईपी) भन्नाले खुलामुखी म्युचुअल फन्ड योजनाभित्र समावेश गरिएको एउटा सुविधा हो, जसअन्तर्गत लगानीकर्ताले मासिक वा समय अनुसार निश्चित रकम नियमित रुपमा जम्मा गर्न सक्छन् । नेपालको सन्दर्भमा यो योजना खुलामुखी सामूहिक लगानी योजना (ओपन एण्ड फन्ड) सञ्चालन गर्ने मर्चेण्ट बैंकहरुले सञ्चालन गरिरहेका छन् । यस्ता योजनाहरुले खासगरी साना लगानीकर्तालाई बैंक जस्तै नियमित बचत गर्ने अभ्यास गराउने र दीर्घकालीन रुपमा शेयर बजारमा जोड्ने प्रयास गर्छन् । तर, एनआईएमबि क्यापिटलको ‘एनआईबीएल सहभागिता फन्ड’ अन्तर्गत सञ्चालन गरिएको एसआईपी योजनामा हाल देखिएको अव्यवस्था, लापरवाही र प्राविधिक कमजोरीले यसको मूल उद्देश्यमै प्रश्न उठेको छ । एसआईपी मार्फत साना रकम … Continue reading भरोसाको नाममा धोका: एनआईएमबि क्यापिटलको एसआईपी योजनाले लगानीकर्तालाई बनायो सास्तीको पात्र