विकास हाइड्रोपावरको आईपीओ बाँडफाँड
काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा निष्कासन गरेको आईपीओ बाँडफाँड गरेको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले आज बिहान साढे ९ बजे आईपीओ बाँडफाँड गरेको हो। कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाको माध्यमबाट आईपीओ बाँडफाँड गरिएको छ। बाँडफाँडबाट भाग्यमानी २ लाख ९४ हजार २७६ जना आवेदकले १० कित्ताका दरले आईपीओ हात पारेका छन् भने १८ लाखभन्दा बढी आवेदकको हात रित्तिएको छ। डुब्लिकेट आवेदन दिएका १२ हजारभन्दा बढीको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ। क्यापिटलका अनुसार २१ लाख २० हजार ८७५ जनाले २ करोड ५६ लाख २७ हजार ११० कित्ता आईपीओका लागि आवेदन दिएका छन्। कम्पनीले असार १८ देखि २२ गतेसम्म २९ लाख ४२ हजार ७६० कित्ता आईपीओ निष्कासन गरेको थियो। आईपीओको नजिता सार्वजनिक हुन केही समय लाग्नेछ। यी तीन माध्यमबाट हेर्नुहोस् विकास हाइड्रोपावरको आईपीओको रिजल्ट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed