दोहाबाट काठमाडौँका लागि आएको कतार एयर ओभरसुट

काठमाडौँ । दोहाबाट काठमाडौँका लागि आएको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछि ओभरसुट भएको छ । विमानस्थलको भिजिबिलिटी कमजोर भएकाले दोहाबाट आएको ‘कतार एयर’ ओभरसुट गराएका हो । मौसम खराबीका कारण विमानस्थलको भिजिबिलिटी कमजोर भएकाले सो जहाजले ओभरसुट गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले जानकारी दिए ।