गुणस्तरीय गाडीको नाममा धोका: बिच सडकमै जल्छन् हुन्डाई ब्रान्ड, ढाकछोपमा ब्यस्त बिक्रेता कम्पनी

काठमाडौँ । हुन्डाईका गाडी गुणस्तरहीन रहेको पुष्टी पुनः एकपटक बाहिरि सतहमा आएको छ । निरन्तर आगलागीको चपेटामा परी रहेको हुन्डाईका गाडी नेपाली अटो बजारमा गुणस्तरहीन रहेको खुलासा भइरहेको हो । शनिबार बिहान गल्छि–सितापाइला सडक हुँदै काठमाडौं आइरहेको हुन्डाईको ‘क्रेटा’ पेट्रोल गाडी एकाएक आगलागीमा प¥यो । बिहान करिब १० बजेको समयमा काठमाडौंको भीमढुंगा स्थित खड्का मोडमा बा.प्र. ०१–०३१ च ०९६६ नम्बरको हुन्डाई क्रेटा गाडीमा अचानक आगो लागेको हो । गाडी लाजिम्पाट निवासी ५७ वर्षीय सुरेश श्रेष्ठले चलाइरहेका थिए भने गाडीमा उनीसहित एक जना अन्य सवार थिए । दुवै जना सकुशल रहेका छन्, तर गाडी पूर्ण रूपमा जलेर नष्ट भयो । यसअघि पनि हुन्डाईका गाडीमा बारम्बार आगलागी भएका घटनाहरू सार्वजनिक भइरहेका छन् । २०८१ साल वैशाख ३ गते बिर्तामोडको बीच सडकमा हुन्डाईको ‘भेन्यू’ मोडलको गाडी एकाएक आगो लागेर जलेर नष्ट भएको थियो । हुन्डाईका गाडी गुणस्तरहीन!, विर्तामोड सडकमा आफै बल्यो भेन्यू् त्यसैगरी गत भदौ १२ गते पोखरास्थित गण्डकी मेडिकल कलेज नजिकै पार्किङ गरिएको हुन्डाई ग्रान्ड आई१० गाडी पनि आफैँ बलिरहेको अवस्थामा भेटियो । ती सबै घटनाहरूले नेपाली बजारमा हुन्डाई गाडीप्रति पुनः एकपटक गम्भीर प्रश्न उठाएका छन् । के यी गाडी साँच्चै सुरक्षित छन् त? हुन्डाईका गाडीमा आगो लाग्ने समस्या बढ्दै, पार्किङ मै जल्यो ‘ग्रान्ड आई १०’ नेपाली बजारमा लामो समयदेखि आफ्नै दबदबा … Continue reading गुणस्तरीय गाडीको नाममा धोका: बिच सडकमै जल्छन् हुन्डाई ब्रान्ड, ढाकछोपमा ब्यस्त बिक्रेता कम्पनी