दुई वाणिज्य बैंक र दुई फाइनान्स राष्ट्र बैंकको कारवाहीमा किन पर्यो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई वाणिज्य बैंक र दुई फाइनान्स कम्पनीलाइ कारबाही गरेको छ । राष्ट्र बैंकले गत आर्थिक वर्ष चौथो त्रैमासमा नियामकीय पालना नगरेको भन्दै सिटिजन्स बैंक इन्टरनेसनल, एनआईसी एशिया बैंक, पोखरा फाइनान्स र गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फानान्सलाई कारबाही गरेको जनाएको छ । राष्ट्र सिटिजन्स बैंक इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ । उनले राष्ट्र बैंकको निर्देशन विपरीत आफ्नो सुविधा वृद्धि गरेको केन्द्रीय बैंकले जनाएको छ । सिटिजन्स बैंकले ब्याजदर अन्तरको गणना गलत तरिकाबाट गरेको, नयाँ कर्जा प्रवाह गरी पुरानो कर्जा तथा ब्याज चुक्ता गरेको, दावी परेका बैंक जमानतको भुक्तानी तोकिएको समयवाधिभित्र नगरेको पनि राष्ट्र बैंकले औल्याएको छ । त्यसैगरी सिटिजन्स फास्ट ट्र्याक लोन अन्तर्गत कर्जा उपयोगका सम्बन्धमा आन्तरिक लेखा परीक्षकबाट विस्तृत अध्ययन गर्न केन्द्रीय बैंकबाट दिइएको निर्देशन पालना नगरेपछि सिटिजन्स बैंक सञ्चालक समितिलाई सचेत गराएको केन्द्रीय बैंकले जनाएको छ । कर्जा नोक्सानी व्यवस्था कायम नगरेको, यस बैंकबाट जारी चालुपुँजी सम्बन्धी मार्गदर्शन, २०७९ मा भएका व्यवस्थाहरूको पूर्णरूपमा पालना नभएको, तोकिएका क्षेत्रमा प्रवाह भएका कर्जाको गलत रिर्पोटिङ्ग गरेकोले सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ। गत आवको चौथो त्रैमासमा एएनआईसी एसिया​​​​​​​ बैंक पनि राष्ट्र बैंकको कारबाहीमा परेको छ । बैंकले ऋणीबाट बढी ब्याज असुल गरेको पाइएको, ऋणीसँग कर्जा सम्झौता गर्दा सम्झौतापत्रमा कर्जाको प्रकार, … Continue reading दुई वाणिज्य बैंक र दुई फाइनान्स राष्ट्र बैंकको कारवाहीमा किन पर्यो ?