वर्षदिनमा झण्डै दुई हजार ईभी गाडी दुर्घटनाः ९० जनाको निधन, गुणस्तर कमजोर कि चालकको लापरबाही ?

काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधन (ईभी) को प्रयोग तीव्र गतिमा विस्तार भइरहेकोमा त्यससँगै सडक दुर्घटनाको सङ्ख्या पनि अप्रत्याशित रूपमा उकालो लागेको देखिएको छ । पछिल्लो समय सडकमा चल्ने ईभीहरूको सङ्ख्यामा व्यापक वृद्धि भए पनि तिनको सुरक्षात्मक प्रयोग र पूर्वाधारको अभावले दुर्घटना बढाइरहेको हो । दैनिक रूपमा भइरहेका दुर्घटनाका घटनाहरूमा ईभीको संलग्नता उल्लेखनीय देखिन थालेको छ जसले समग्र सडक सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ । कमजोर प्रविधि, ब्रेक फेल र नेपालजस्तो चुनौतीपूर्ण भूगोलमा परीक्षणबिना बजारमा ल्याइएका ईभीले सुरक्षा चुनौती थप्दै गएको हो । विशेष गरी मोडिफाई गरिएका वा कम गुणस्तरका सस्तो ब्रान्डका ईभीहरू बजारमा छ्यापछ्याप्ती भित्रिनुले समस्यालाई झन् चर्काएको छ। पछिल्लो एक वर्षमा मात्रै झन्डै २ हजार ईभी सवारी दुर्घटनामा परेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा एक हजार ९०८ वटा ईभी दुर्घटनामा परेका हुन् । बीमापोष्टलाई प्राप्त तथ्याङ्क अनुसार उक्त दुर्घटनामा परि ९० जनाले ज्यान गुमाएका छन् । वर्ष दिनमा ईभी दुर्घटनामा परि मधेसबाट २८ जना, बागमतीबाट २१ जना, कोसीबाट २० जना, सुदुरपश्चिमबाट ७ जना, गण्डकी र लुम्बिनीबाट ६/६ जनाले ज्यान गुमाएका छन् । यस अवधिमा ईभी दुर्घटनाबाट २२३ जना गम्भीर घाइते भएका हुन् । मधेसमा १०३ र कोशीमा ४६ जना ईभी दुर्घटनाले गम्भीर घाइते भएका छन् । सामान्य घाइतेको सङ्ख्या २ … Continue reading वर्षदिनमा झण्डै दुई हजार ईभी गाडी दुर्घटनाः ९० जनाको निधन, गुणस्तर कमजोर कि चालकको लापरबाही ?