काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडका कर्मचारी देशव्यापी रूपमा आन्दोलित बनेका छन् । यसअघि गत असोज २० गते भएको सम्झौता कार्यान्वयनका लागि पटक–पटक ध्यानाकर्षण गराउँदा समेत कार्यान्वयन नभएपछि कम्पनीको देशभरका कर्मचारी आन्दोलित बनेका हुन् । नेरुडे मिर्मिरे लघुवित्तको कर्मचारी संगठनले व्यवस्थापन तहले सम्झौता कार्यन्वयन गर्नुको सट्टा उल्टै सम्झौता र सहमतिपत्रको धज्जी उड्ने गरी एकतर्फी रूपमा आफूखुशी कर्मचारीको भावना विपरीत कार्य गरेको भन्दै खेद प्रकट गरेको छ । संस्थाका सीईओसहितको व्यवस्थापनले सम्झौता लागू गर्नुको सट्टा उल्टै कर्मचारीको धैर्यता, संयमता तथा कर्मचारीको भावनासँग खेलवाड गरेको आरोप लगाएको हो। संस्थाका आन्दोलित एक कर्मचारीले बीमापोष्टसँग भने, ‘त्यो सीईओको कार्यकाल सकिन धेरै समय छैन । हामीले पटक–पटक सम्झौता कार्यान्वयनको लागि हारगुहार गर्दा पनि सञ्चालक समिति र व्यवस्थापनले बेवास्ता गदै आएको छ । अब यो सीईओले पनि एक–दुई दिनमा गर्छाैं भन्दै यसैगरी घर जान्छ ।’ आन्दोलित कर्मचारीले आज बिहानदेखि नै पेन डाउन गरी विरोध जनाइरहेका छन् । जसले गर्दा देशभर छरिएर रहेका सयौं शाखा कार्यालयका सेवाग्राही समस्यामा परेका छन् । कर्मचारी र व्यवस्थापनको आपसी द्वन्दले सेवाग्राही मर्कामा परेका हुन् । तत्कालीन नेरुडे र मिर्मिरे लघुवित्त मर्ज भई बनेको नेरुडे मिर्मिरे लघुवित्तमा विगत एक वर्षदेखि कर्मचारीको आन्दोलन जारी नै छ । ‘कहिले कुनै पक्ष त कहिले कुनै पक्षले आन्दोलनका कार्यक्रम अघि बढाउँदै आएका छन् । … Continue reading नेरुडे मिर्मिरे लघुवित्तका कर्मचारीलाई व्यवस्थापन तहबाटै धोका, सम्झौता कार्यान्वयन नभएपछि चर्कियो आन्दोलन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed