भारतमा आगलागी र प्राविधिक समस्याले बदनाम बजाज चेतक ईभी स्कुटर नेपालमा, बजार चुनौतीपूर्ण
काठमाडौँ । भारतीय बजारमा प्राविधिक समस्याले बदनाम बन्दै गएको बजाजको ‘चेतक’ इलेक्ट्रिक स्कुटर नेपाली बजारमा सार्वजनिक गरिएको छ । भारतमा प्राविधिक समस्या, आगलागी तथा प्रयोगकर्ताको असन्तुष्टिपछि बजार खुम्चँदै गइरहेको अवस्थामा बजाजले नेपाललाई वैकल्पिक बजारका रूपमा रोजेको देखिएको हो । नेपालको लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले आइतबारदेखि चेतक ३५०१ मोडेलको औपचारिक सार्वजनिक घोषणा गरेको हो । यद्यपि, बजारमा प्रतिस्पर्धी ब्राण्डको तुलनामा यसको मूल्य, फिचर र प्रदर्शन सबै क्षेत्रमा चेतक कमजोर देखिएको छ । भारतमा चेतक स्कुटरको सुरुवात उत्साहका साथ भएको भए पनि समय बित्दै जाँदा प्रयोगकर्ताको निराशा झन् गहिरिँदै गएको छ । चार्जिङ प्रणालीदेखि ब्याट्री कार्यसम्पादन, सफ्टवेयर प्रणाली र सेवापछिको अनुभवसम्म चेतकले प्रयोगकर्तालाई निराश पारेको देखिएको हो । विभिन्न सामाजिक सञ्जाल र उपभोक्तामाझको प्रतिक्रियाले स्कुटरप्रतिको असन्तुष्टि स्पष्ट झल्किएको छ । भारतमा चेतक स्कुटर प्रयोग गरिरहेका धेरै ग्राहकहरूले चार्जिङ त्रुटि, ब्याट्री छिट्टै डिस्चार्ज हुने, स्टार्ट नहुने र कम्पनीले दाबी गरेभन्दा कम रेञ्जमा सीमित हुने समस्याको अनुभव गरिरहेका छन् । स्कुटरको सफ्टवेयरले समेत ठोस प्रदर्शन गर्न नसक्दा धेरै प्रयोगकर्ताले स्क्रिन फ्रिज हुने, गलत सूचना देखिने, मोबाइल एप स्कुटरसँग समन्वय गर्न नसक्ने जस्ता समस्याको गुनासो गरेका छन् । चेतकको फ्रन्ट सस्पेन्सन कमजोर भएको गुनासो पनि व्यापक छ । असमान सडकमा झट्का लाग्ने, सवारी असहज हुने र यात्रा अप्ठ्यारो बनाउनेजस्ता समस्याले यो … Continue reading भारतमा आगलागी र प्राविधिक समस्याले बदनाम बजाज चेतक ईभी स्कुटर नेपालमा, बजार चुनौतीपूर्ण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed