नाइमाको अटो शो भताभुंग: पुरानै ढर्रामा अल्झिँदा दर्शकसमेत निराश

काठमाडौँ । अटो शो मार्फत प्रतिष्ठाको लडाई लडि रहेको नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा) पुरानै मोडालिटीमा सुरु भएको छ । अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)बाट टुक्रिएर बनेको नाइमाले ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२५’ आज देखि सुरु गरेको हो ।  तर, सुरु भएको यो मेलाले नयाँ उचाइभन्दा पुरानै शैली र कमजोर व्यवस्थापनको कथा सुनाएको छ । अटोमोबाइल प्रदर्शनी हेर्ने दर्शकले अहिले केवल गाडी हेर्ने मात्र चाहना राख्दैनन् । उनीहरू इनोभेटिभ र प्रविधिमैत्री प्लेटफर्मबाट सवारी अनुभव गर्ने अवसर खोजिरहेका छन् । नाइमा आफ्नो पहिलो अटो शोमार्फत बजारमा नयाँ विकल्प प्रस्तुत गर्ने अपेक्षा सबैमा रहेको थियो । नाडाबाट अलग भएको संस्था भएको कारण पनि केहि न केहि आफ्नो गरिमा बढाउन भएपनि नयाँ बन्ने सोच आम दर्शकको रहेको थियो ।  तर, मेलामा देखिएको व्यवस्थापन र प्रस्तुतिले त्यो अपेक्षा पुरा गर्न सकेन । ३५ वटा नयाँ मोडल लन्च भएको भनिए पनि तीमध्ये धेरै गाडीहरू कम्पनीहरूले केहि दिन अघि नै सार्वजनिक गरिसकेको देखिन आउँछन् । यस कुराले मेलामा नयाँपन र उत्साहको कमी ल्याएको देखिएको छ। गाडी हेर्न आएका दर्शकहरू कहाँ कुन स्टल छ भनेर अलमलमा परेका थिए भने स्टलमा गाडीका ब्रान्ड प्रतिनिधिको उपस्थिति न्यून देखियो । मेलाको शैली पुरानो र पारम्परिक मोडालिटीमै सीमित रहेको छ । नयाँ प्रविधि र डिजिटल प्रस्तुति वा अनुभव दिने कुनै उपाय देखिएको छैन । नाइमा गठन गर्दा ‘राजनीतिक … Continue reading नाइमाको अटो शो भताभुंग: पुरानै ढर्रामा अल्झिँदा दर्शकसमेत निराश