डरलाग्दो रूपमा चुलिँदै अनलाइन ठगी: वर्षदिनमा सर्वसाधारणको ८३ करोड गायब, नियामक बेखबर

काठमाडौँ । पछिल्लो समय अनलाइन मार्फत हुने ठगीको आँकडा निकै डरलाग्दो अवस्थामा आइपुगेको छ । प्रविधिको बढ्दो प्रयोग सँगसँगै सर्वसाधारण अनलाइन ठगीको दलदलमा फस्दै गएको देखिएको हो । वर्ष दिनको अवधिमा अनलाइन माध्यमबाट सर्वसाधारणको ८३ करोड रुपैयाँ ठगी भएको हो । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा सर्वसाधारणको ८३ करोड ५९ लाख ९० हजार १३३ रुपैयाँ अनलाइन ठगीमार्फत गायब भएको हो । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ को तुलनामा यो ठगी रकम २.४० गुणाले वृद्धि भएको देखिन्छ । अघिल्लो वर्षभरिमा अनलाइनबाट ३४ करोड ७२ लाख १५ हजार ५११ रुपैयाँ ठगी भएको थियो । यो तथ्याङ्कले अनलाइन आपराधिक क्रियाकलापहरू तीव्र गतिमा बढ्दै गएको देखिएको छ । यस्तै, गत आर्थिक वर्षमा अनलाइन ठगी सम्बन्धी ६७५ वटा मुद्दा दर्ता भएका छन्, जुन डिजिटल युगमा प्रविधिको दुरुपयोगको स्पष्ट प्रमाण हो । यस अवधिमा प्रहरीले १८७ स्वदेशी (१७४ पुरुष र १३ महिला) र ३३ विदेशी नागरिकलाई (२० पुरुष र १३ महिला) नियन्त्रणमा लिएर अनलाइन ठगीका घटनाहरूमा सक्रिय रूपमा अनुसन्धान गरिरहेको छ । डिजिटल प्रविधिले जीवनलाई सहज र द्रुत बनाएको भए पनि ठगी गर्नेहरूले पनि यिनै प्रविधिलाई आफ्नो शोषणका लागि प्रयोग गरिरहेका छन् । यसले नागरिकमा अनलाइन सेवा र माध्यमप्रति रहेको विश्वासमा ठुलो चुनौती खडा गरेको छ । अनलाइन ठगीका कारण आर्थिक … Continue reading डरलाग्दो रूपमा चुलिँदै अनलाइन ठगी: वर्षदिनमा सर्वसाधारणको ८३ करोड गायब, नियामक बेखबर