हिमालयन बैंकको वित्तीय अवस्था संकटमा, सीईओ राणाको नेतृत्वमाथि गम्भीर प्रश्न
काठमाडौँ । हिमालयन बैंकको वित्तीय अवस्था दिनानुदिन जटिल र संकटग्रस्त बन्दै गएको छ । केही समयअघि मात्र सर्वसाधारणलाई प्रिमियममा एफपिओ बिक्री गर्दै बजारमा पूँजी संकलन गर्न सफल देखिएको बैंक हाल वित्तीय रूपमा भने कमजोर र धराशायी अवस्थामा पुगेको हो । प्रतिस्पर्धी बैंकहरू लाभांश वितरण क्षमता बढाउँदै लगिरहेका बेला हिमालयन बैंकको भने उल्टै वितरणयोग्य नाफासमेत ऋणात्मक अवस्थामा धकेलिएको छ । गत आर्थिक वर्ष २०८१/०८२ को वित्तीय विवरणले अनुसार बैंकको वितरणयोग्य आम्दानी ७ अर्ब १० करोड १५ लाख रुपैयाँ ऋणात्मक छ । यसका कारण शेयरधनीहरूलाई लाभांश वितरण गर्ने अवस्था छैन । अन्य बैंकहरूले दोहोरो अंकमा लाभांश दिने तयारी गरिरहेका बेला हिमालयन बैंकको लाभांश क्षमता ऋणात्मक हुनु लगानीकर्ताका लागि निराशाजनक र खतरनाक सन्देश हो । यसले बैंकको दीर्घकालीन दायित्व निर्वाह क्षमताबारे पनि शंका उत्पन्न गरेको छ । यससँगै, बैंकको कर्जा नीतिमा देखिएको कमजोरी अझै गहिरो समस्या बनेको छ । अघिल्लो वर्ष ४.९८ प्रतिशतमा रहेको बैंकको खराब कर्जा अनुपात बढेर गत वर्ष ७.२८ प्रतिशत पुगेको छ । यो सूचक वित्तीय स्थायित्वका हिसाबले अत्यन्त खतरनाक मानिन्छ । यसले बैंकको जोखिम व्यवस्थापन क्षमता, कर्जा प्रवाहमा अपनाइने सावधानी र ब्याज आम्दानीको आधारभूत मोडेलमै प्रश्न खडा गरेको छ । खराब कर्जा बढ्दै जाँदा बैंकको पूँजी पर्याप्तता र आम्दानी दुवैमा दबाब परेको छ । बैंकको वर्तमान अवस्था र नेतृत्वबारे … Continue reading हिमालयन बैंकको वित्तीय अवस्था संकटमा, सीईओ राणाको नेतृत्वमाथि गम्भीर प्रश्न
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed