सुधारिँदै हाइड्रोको वित्तीय अवस्थाः ८९ वटा मध्ये कसको नाफा, ईपीएस र नेटवर्थ कति? (तथ्यांकसहित)
काठमाडौँ । हाइड्रोपावरको कम्पनीको नाफामा सुधार देखिएको छ । लामो समय थपा परेको जलविद्युत कम्पनी विस्तारै लयमा फर्कि रहेको हो । वर्षदिनको अवधिमा मात्रै हाइड्रोपावरले २ अर्बमाथि खुद नाफा आर्जन गरेका छन् । गत आर्थिक वर्ष २०८१।०८२ मा ८९ कम्पनीहरुले २ अर्ब १९ करोड १२ लाख १ हजार रुपैयाँ नाफा कमाएका हुन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत तीन हाइड्रोपावरले भने हालसम्म वित्तीय रिपोर्ट सार्वजनिक गरेका छैनन् । जसमा अप्पर लोहोरे खोला, बलेफी हाइड्रोपावर र मेन्छियाम हाइड्रोपावर रहेका छन् । अघिल्लो आर्थिक वर्ष २०८०।०८१ मा भने हाइड्रोपावर कम्पनीहरुको नाफा २ अर्ब ५३ करोड ५ लाख रुपैयाँ ऋणात्मक रहेको थियो । गत वर्ष भने विद्युत बिक्री आम्दानीमा आएको सुधारसँगै नाफा समेत बढोत्तरी भएको हो । समिक्षा अवधिमा ५८ हाइड्रोपावर नाफामा देखिएको छ । उक्त कम्पनी कम्पनीले भने गत आर्थिक वर्षमा ७ अर्ब ११ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् । तर, अझै पनि ३१ कम्पनी ऋणात्मक अवस्थामा नै देखिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा भने गत आर्थिकमा हाइड्रोपावरले सन्तोषजनक व्यापार गर्ने सकेका हुन् । यसअवधिमा सबैभन्दा सर्वाधिक नाफा आर्जन गर्ने कम्पनीमा साहज उर्जा रहेको छ । कम्पनीले वर्षदिनको अवधिमा ९० करोड २७ लाख २३ हजार रुपैयाँ नाफा कमाएको हो । कम्पनीले आर्जन गरेको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ११४.७५ … Continue reading सुधारिँदै हाइड्रोको वित्तीय अवस्थाः ८९ वटा मध्ये कसको नाफा, ईपीएस र नेटवर्थ कति? (तथ्यांकसहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed