निरन्तर दुर्घटनामा पर्दै किङलङ ईभी माइक्रो, गुणस्तर र सुरक्षा सवालले अटो बजारमै उठायो प्रश्न
काठमाडौँ । चौधरी ग्रुप अन्तर्गत सञ्चालित सिजी मोटर्सले नेपाली बजारमा भित्र्याएको किङलङ विद्युतीय (ईभी) माइक्रो बस पुनः एक पटक दुर्घटनामा परेको छ । विद्युतीय सवारी साधनलाई वातावरणमैत्री र आधुनिक प्रविधिको उपजका रूपमा प्रस्तुत गर्दै बजारमा भित्र्याइएका किङलङका माइक्रो बस निरन्तर दुर्घटनामा परिरहेको तथ्यले गुणस्तर र सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको हो । गत साताको शुक्रवार अर्थात् भदौ ६ गते बागलुङको गलकोट नगरपालिका–५ शिवालय मन्दिर नजिकै गलकोट बहुमुखी क्याम्पसको किङलङ ब्रान्डको विद्युतीय भ्यान दुर्घटनामा प-यो । इलाका प्रहरी कार्यालय गलकोटका प्रहरी निरीक्षक देवराज काफ्लेका अनुसार हरिचौरबाट हटिया जाँदै गरेको क्याम्पसको ग१झ ७४३ नं को भ्यान ओरालो बाटोमा ब्रेक नलाग्दा दुर्घटनामा परेको हो । सो दुर्घटनामा सवार १८ वर्षीय सुस्मिता बिक, १८ वर्षीय प्रमीला बिक, २५ वर्षीय मोहोन सिंह सुनार, १९ वर्षीय जीवन खत्री, १९ वर्षीय अमिसा क्षेत्री र १८ वर्षीय सुनिता सापकोटा घाइते भएका छन् । तीमध्ये दुई जनालाई थप उपचारका लागि पोखरा पठाइएको प्रहरीले जनाएको छ । ओरालो बाटोमा ब्रेक नलाग्दा माइक्रो बस दुर्घटनामा परेको प्रहरी निरीक्षक काफ्लेले बताए । उनले भने, ‘ओरालो बाटो थियो । धेरै स्पीड समेत गाडी थिएन रे । तलबाट गाडी आइरहेको रैछ । ब्रेक लगाउन खोज्दा ब्रेक नै नलागेको भन्ने छ ।’ सवारी चालकले गाडीको प्राविधिक समस्या स्विकार्दै ब्रेक नलाग्दा दुर्घटना भएको बयान दिएको प्रहरी … Continue reading निरन्तर दुर्घटनामा पर्दै किङलङ ईभी माइक्रो, गुणस्तर र सुरक्षा सवालले अटो बजारमै उठायो प्रश्न
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed