काठमाडौँ । गत आर्थिक वर्ष २०८१।०८२ मा वाणिज्य बैंकहरुले आफ्नो कर्मचारीको लागि साढे १० अर्ब रुपैयाँ छुट्याएका छन् । नेपाल राष्ट बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार हाल सञ्चालनमा रहेको २० वाणिज्य बैंकले गत आर्थिक वर्षमा आफ्नो कर्मचारीको लागि बोनस वितरण गर्न १० अर्ब ६१ करोड १३ लाख रुपैयाँ छुट्याएका हुन् । बैंकहरुले छुट्याएको बोनस अघिल्लो आर्थिक वर्ष २०८०।०८१ को तुलनामा ९.७२ प्रतिशतले बढी हो । अघिल्लो वर्ष बैंकहरुले ९ अर्ब ६७ करोड १२ लाख रुपैयाँ बराबरको बोनस कर्मचारीलाई वितरण गरेका थिए । गत आर्थिक वर्ष सबैभन्दा धेरै कर्मचारीलाई बोनस रकम छुट्याउने पहिलो स्थानमा नबिल बैंक रहेको छ । बैंकले कर्मचारीका लागि १ अर्ब १४ करोड ९५ लाख रुपैयाँ छुटयाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ५.६२ प्रतिशतले बढी हो । सर्वाधिक कर्मचारीका लागि रकम छुट्याउने दोस्रो नम्बरमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ६ करोड ७८ लाख रुपैयाँ बराबरको बोनस वितरण गर्ने छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३०.८९ प्रतिशतले बढी हो । कर्मचारीक बोनसका लागि ग्लोबल आइएमई बैंकले ९७ करोड ६० लाख रुपैयाँ, एभरेष्ट बैंकले ८२ करोड ७१ लाख, प्रभु बैंकले ७० करोड ५ लाख, प्राइम बैंकले ६५ करोड ९८ लाख, कुमारी बैंकले ६४ करोड २३ लाख, लक्ष्मी सनराइज बैंकले ६४ करोड ९ लाख, सिद्धार्थ बैंकले … Continue reading वाणिज्य बैंकले कर्मचारीका लागि छुट्याए साढे १० अर्ब बोनस: अग्र स्थानमा नबिल र इन्भेष्टमेन्ट, कुनले कति ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed