काठमाडौँ । नेपाली अटो बजारमा समेत निरन्तर दुर्घटनामा परि रहेको फोर्ड ब्रान्डका गाडीको अन्तर्राष्ट्रिय बजार समेत कमजोर देखिएको छ । विश्वकै पुरानो र चर्चित अटोमोबाइल निर्माता फोर्ड मोटर कम्पनी पछिल्ला वर्षहरूमा गुणस्तरगत समस्याका कारण गम्भीर संकटमा परेको हो । सन् २०२५ मा मात्र कम्पनीले १०४ पटक गाडीहरू फिर्ता बोलाउन (रिकल) बाध्य भएको छ । जसमा करिब २० लाख गाडी प्रभावित भएका छन् । विद्युत प्रणाली बिग्रनु, ब्रेक काम नगर्नु, सफ्टवेयरको त्रुटि, क्यामेराको समस्या, ढोका बन्द नहुनेजस्ता कारणले बारम्बार गाडी फिर्ता बोलाउनुपरेपछि फोर्डको ब्रान्ड विश्वसनीयता खस्किंदै गएको हो । कम्पनी गाडी फिर्ता बोलाउने खर्चमै करिब ५ अर्ब अमेरिकी डलर बराबरको भार पर्ने अनुमान गरिएको छ । यसै क्रममा फोर्डले लोकप्रिय गाडी एफ–१५० लाइटनिङ्गको ब्याट्रीसम्बन्धी समस्या समाधान गर्न मात्रै करिब १ अर्ब डलर छुट्याउनुपरेको छ । साथै, अमेरिकी सडक सुरक्षा नियामक निकायले कम्पनीलाई १६५ मिलियन डलर बराबरको जरिवाना तोकेको छ । यो वित्तीय भारको असर शेयर बजारमा देखिएको छ । फोर्डको शेयर मूल्य उद्योग औसत भन्दा निकै तल छ । सन् २०२५ को अगस्टसम्म आउँदा फोर्डको शेयरले ठूलो गिरावट देखाएको छ । वर्षभरको आधारमा हेर्दा फोर्डले प्रमुख अमेरिकी शेयर सूचकाङ्क भन्दा १५ प्रतिशत कम प्रदर्शन गरेको छ भने अटोमोबाइल क्षेत्रको औसत भन्दा पनि १० प्रतिशतले कमजोर नतिजा देखाएको छ । ग्राहक स्तरमा … Continue reading फोर्ड ब्रान्डमा गुणस्तर समस्याः अन्तर्राष्ट्रिय बजारबाट २० लाख गाडी रिकल, नेपालमा पनि गुमाउँदै विश्वसनीयता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed