यी तीन तरीकाबाट हेर्नुहोस् स्वस्तिक लघुवित्तको आईपीओको नतिजा
काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई आईपीओ बाँडफाँड गरिसकेको छ। बाँडफाँडमा आवेदन दिएका २४ लाख ३६ हजार ३९३ जनामध्ये १९ हजार ५१९ जना आवेदकले १०/१० कित्ताका दरले शेयर हात पारेका छन् भने बाँकी २४ लाखभन्दा बढी आवेदकको हात खाली भएको छ। यी १० कित्ता शेयर पाउने मध्येबाट १० कित्ताभन्दा बढीका लागि आवेदन दिएकाहरूमध्ये थप ५ जनाले १/१ कित्ताका दरले ११ कित्ता शेयर हात पारेका छन्। कम्पनीले भर्खरै बाँडफाँड गरेका हुनाले नतिजा अनलाइनमा सार्वजनिक हुन केही समय लाग्ने जानकारी दिएको छ। अनलाइनमा सार्वजनिक भएलगत्तै यी तीन तरीकाबाट हेर्न सकिन्छ नतिजाः– मेरो शेयरको वेबसाइटः– https://iporesult.cdsc.com.np/ बिक्री प्रबन्धकको वेबसाइटः– https://result.nabilinvest.com.np/search/ipo-share मेरो शेयर एपः– https://meroshare.cdsc.com.np/#/login स्वस्तिक लघुवित्तको आईपीओ बाँडफाँड, २४ लाखभन्दा बढी आवेदकको हात खाली
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed