यशोदा फुड्समा मजदुर असन्तुष्टः श्रमिक हक अधिकार बेवास्ता, आश्वासनमै सीमित व्यवस्थापन
काठमाडौँ । कपिलवस्तुको शिवराज नगरपालिका–६, बीरपुरस्थित करेन्ट चाउचाउ उत्पादन गर्ने यशोदा फुड्स प्रालिमा कार्यरत मजदुरहरू फेरि एकपटक आन्दोलनमा उत्रिएका छन् । उद्योगमा काम गर्ने कर्मचारीहरूले लामो समयदेखि श्रम ऐनअनुसारको सेवा सुविधा पाउन नसकेको गुनासो गर्दै आएका छन् तर व्यवस्थापन पक्षले हरेक पटक छलफल र आश्वासन दिएर मात्र आन्दोलन दबाउने गरेको आरोप उनीहरूले लगाएका छन् । गत बिहीबारदेखि निरन्तर आन्दोलनमा उत्रिएका श्रमिकहरूले आफूहरूले उचित पारिश्रमिक नपाएको, समयमा तलब नपाएको, कामको समयमा जातीय तथा लैङ्गिक विभेद भएको, महिलामैत्री सुविधा नपाएको र सामान्य दुर्घटनामा समेत उपचार खर्च उद्योगले बेवास्ता गरेको बताएका छन् । राति ड्युटी गर्दा पनि सरकारले तोकेको रात्रिकालीन भत्ता नदिएको उनीहरूको गुनासो छ । श्रमिकहरूले उद्योगको मूल गेटमै धर्ना तथा नाराबाजी सुरु गरेका छन् । तर कम्पनीको व्यवस्थापन पक्ष भने श्रमिकहरूको मागप्रति उदासीन देखिएको छ । उल्टै आन्दोलनमा उत्रिएका कामदारलाई ठेकदारसँगको सम्झौता भङ्ग गर्ने धम्की दिइएको उनीहरूको दाबी छ । आन्दोलनकारी मजदुरहरू भन्छन्, ‘हामीले पटक पटक आवाज उठायौं, तर कम्पनीका मालिकहरूले हाम्रो समस्यालाई वास्ता नगरेर बारम्बार खोक्रो आश्वासन दिएर टार्दै आएका छन् ।’ स्थानीयस्तरमा समेत यशोदा फुड्सबारे व्यापक आलोचना बढ्दो क्रममा छ । मजदुरको श्रमशोषण, विभेद र गैरजिम्मेवार व्यवहारका कारण कम्पनीको छवि नै खराब बनेको हो । श्रमिक अधिकारको बेवास्ता गर्दै व्यवसाय चलाइरहेको भन्दै स्थानीयहरूले पनि यशोदा फुड्सलाई प्रश्न गर्न थालेका … Continue reading यशोदा फुड्समा मजदुर असन्तुष्टः श्रमिक हक अधिकार बेवास्ता, आश्वासनमै सीमित व्यवस्थापन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed