साताको पहिलो दिनः युनियन हाइड्रोमा झुम्मिए लगानीकर्ता, यी १० को सर्वाधिक कारोबार

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ११.४२ अंकले घटेर २७०८.४५ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै विभिन्न सेक्टरका ३३४ वटा कम्पनीहरुको चार अर्ब ४० करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जसमा युनियन हाइड्रोपावरको २९ करोड ९९ लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको २७ करोड ४६ लाख रुपैयाँ, एभरेष्ट बैंकको २२ करोड १५ लाख रुपैयाँ, हिमालयन डिस्टीलरीको १६ करोड पाँच लाख रुपैयाँको कारोबार भएको छ ।