बन्दीपुर केवलकारको आईपीओ बाँडफाँट, कतिले पाए शेयर ?
काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको आईपीओ आज बाँडफाँट भएको छ। कम्पनीको बिक्री प्रबन्धक नेपाल एसबआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडमा आईपीओ बाँडफाँट भएको हो । आईपीओमा २० लाख ७८ हजार १४ जनाको हात रित्तो भएको छ । कम्पनीको आईपीओमा २५ लाख १२ हजार १२२ जनाले २ करोड ९८ लाख ६९ हजार ४४० कित्ता बराबरको २ अर्ब ९८ करोड ६९ लाख ४४ हजार रुपैयाँको आवेदन परेको थियो । उक्त आईपीओमा ४ लाख ३४ हजार १०८ जनाले १०।१० कित्ताका दरले शेयर हात पार्नेछन् । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ मूल्यका दरले कुल ५८ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट गत असार २९ गते अनुमति पाएको थियो । अनुमति पाएपछि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई ५ लाख ६६ हजार कित्ता र नेपाल सरकारबाट श्रम स्वीकृति लिएर विदेशमा रोजगारीका लागि गएका नेपालीहरूलाई ५ लाख २९ हजार ४०० कित्ता आईपीओ निष्कासन गरी बाँडफाँड समेत गरिसकेको छ। पहिलो चरणको आईपीओ बाँडफाँड सम्पन्न भएसँगै कम्पनीले अब दोस्रो चरणमा सर्वसाधारण समेतलाई आईपीओ खुला गरेको हो। कम्पनीले सामूहिक लगानी कोषलाई २ लाख ६४ हजार ७०० कित्ता र कम्पनीमा काम गरिरहेका कर्मचारीहरूका लागि १ लाख ५८ हजार ८२० कित्ता आईपीओ सुरक्षित गरी बाँकी बसेको ४३ लाख ४१ हजार ८० कित्ता आईपीओ सर्वसाधारणलाई बिक्री गरेको थियो … Continue reading बन्दीपुर केवलकारको आईपीओ बाँडफाँट, कतिले पाए शेयर ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed