झापा इनर्जीको आईपीओ बाँडफाँड, ४७ हजार ३३३ जनाले पाए शेयर
काठमाडौं । झापा इनर्जी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको छ। बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेले आज बिहान शेयर बाँडफाँड गरेको हो। कम्पनीले भदौ २० देखि सर्वसाधारणलाई ४ लाख ७३ हजार ३ सय ३६ कित्ता शेयर निष्काशन गरेको थियो। जसमा १८ लाख ६८ हजार १४१ जनाले आवेदन दिएका थिए। जसमध्ये १८ लाख ३३ हजार ७ सय ३८ जनाको आवेदन स्वीकृत भएको छ। आईपीओ बाँडफाँडमा ४७ हजार ३३३ जनाले १०/१० कित्ताका दरले शेयर पाएका छन्। शेयर पाएका मध्येबाट ६ जनाले थप १/१ कित्ता गरी ११ कित्ता शेयर पाएका छन्। आईपीओको नतिजा अनलाइनमा प्रकाशित हुन केही समय लाग्नेछ। यसरी हेर्नुहोस् झापा इनर्जीको आईपीओको नतिजा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed