सागर डिष्टिलरीको आईपीओ बाँडफाँड
काठमाडौं । सागर डिष्टिलरी लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँड भएको हो। कम्पनीले गत भदौ ३० गतेदेखि असोज ९ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ११ लाख ९० हजार ६४० कित्ता आईपीओ निष्कासन गरेको थियो। निष्कासन अवधिभर कुल २२ लाख २७ हजार ५०३ जनाले २ करोड ४२ लाख ८० हजार ५८० कित्ताका लागि आवेदन दिएकोमा २१ लाख ९३ हजार ८२३ आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएका छन्। मागभन्दा बढी आवेदन परेपछि गोलाप्रथाबाट गरिएको बाँडफाँडमा १ लाख १९ हजार ६४ आवेदकले १०/१० कित्ताका दरले आईपीओ हात पारेका छन् भने बाँकीको हात रित्तो भएको छ। यी तीन माध्यमबाट हेर्नुहोस् सागर डिष्टिलरीको आईपीओ नतिजा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed