यी तीन माध्यमबाट हेर्नुहोस् सागर डिष्टिलरीको आईपीओ नतिजा

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले आज सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ बाँडफाँड गरेको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले बाँडफाँड गरेको शेयरमा १ लाख १९ हजार ६४ जना आवेदकले १०/१० कित्ताका दरले शेयर हात पारेका छन्। बाँडफाँडको नतिजा सार्वजनिक हुन केही समय लाग्ने कम्पनीले जानकारी दिएको छ। सार्वजनिक भएपछि यी तीन माध्यमबाट नतिजा हेर्न सकिनेछ। सीडीएससीले आईपीओ हेर्न बनाएको बेवसाइट: https://iporesult.cdsc.com.np/ बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको वेबसाइट: https://muktinathcapital.com/share-allotment मेरो शेयर एपः https://meroshare.cdsc.com.np/#/login   सागर डिष्टिलरीको आईपीओ बाँडफाँड