जेनजी आन्दोलनले सुध्रिएनन् भ्रष्टहरू, घुस सहित समातिन थाले कर्मचारी
काठमाडौं । भ्रष्टाचार विरुद्धको जेनजी पुस्ताको आन्दोलन उत्कर्षमा पुगेको एक महीना पुग्दा नपुग्दै भ्रष्टहरू फेरि घुसखोरी तर्फै अग्रसर हुन थालेका छन्। भ्रष्टाचार सम्बन्धी मुद्दा हेर्ने संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार जेनजी आन्दोलनको एक महीनाभित्रै घुस रकम लेनदेन बापत ५ लाख ५० हजार रुपैयाँ बरामद भएको छ भने ३ जना पक्राउ परेका छन्। गत भदौ २३ गते जेनजी पुस्ताका युवाहरू देशमा व्याप्त भ्रष्टाचारको विरुद्ध आन्दोलनमा उत्रिएका थिए। त्यस दिन सरकारले युवाहरूमाथि व्यापक बल प्रयोग गरेपछि भोलिपल्ट जनआक्रोश सडकमा पोखिएको थियो। त्यस आन्दोलनले केपी शर्मा ओली नेतृत्वको सरकार ढालिदिएको थियो। अख्तियारका अनुसार गत असोज २ गते दैलेख जिल्लाको डुङ्गेश्वर गाउँपालिकाका सातौं तहका लेखा अधिकृत टंक बहादुर कार्की १ लाख रुपैयाँ घुस सहित पक्राउ परेका थिए। उनले सडक स्तरोन्नती तथा निर्माण सम्पन्न पश्चात् अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीबाट १ लाख रुपैयाँ घुस लिंदै गर्दा रंगेहात समातिएका थिए। उनलाई अख्तियारको सुर्खेतस्थित कार्यालयबाट खटिएर गएको टोलीले विरेन्द्रनगर नगरपालिका वडा नम्बर ९ स्थित मंगलगढी चोकबाट घुस रकम सहित नियन्त्रणमा लिएको थियो। त्यसैगरी भदौ २४ गते रौतहट जिल्लाको धरहरीस्थित जय किसान माध्यमिक विद्यालयका प्रधानाध्यापक संजय प्रसाद ४ लाख ५० हजार घुस लिंदै गर्दा बिचौलिया सहित समातिएका छन्। अख्तियारका अनुसार विद्यालयले शिक्षक आवश्यकता भनी खुलाएको विज्ञापनमा सेवाग्राहीले रितपूवर्क दर्खास्त आवेदन दिएकोमा प्रधानाध्यापक संजय प्रसादले बिचौलिया … Continue reading जेनजी आन्दोलनले सुध्रिएनन् भ्रष्टहरू, घुस सहित समातिन थाले कर्मचारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed