सिद्धार्थ बैंकभित्र करोडौं भ्रष्टाचार !, लगानीकर्ताको अर्बौ रुपैयाँमाथि खेलवाड

काठमाडौं । सर्वसाधारणको अर्बौ रुपैयाँ लगानी र जनताको खर्बभन्दा बढि निक्षेप रहेको सिद्धार्थ बैंकभित्र भ्रष्टाचार र बेथितीले सीमा नाघ्न थालेको छ । बैंकलाई स्वतन्त्र र निष्पक्ष रुपमा सञ्चालन गर्ने भन्दा पनि व्यापारिक घरानाको इच्छा र चाहनामा जथाभावी खर्च गर्ने प्रवृत्तिका कारण सिद्धार्थ बैंकका लगानीकर्ताहरुको अर्बौ रुपैयाँ स्वाहा हुन पुगेको छ । बैंकभित्रको भ्रष्टाचारको कारण सर्वसाधारण समेतको अर्बौ लगानी रहेको बैंकले अपेक्षित मुनाफा आर्जन गर्न नसकेको शेयर लगानीकर्ताहरुको गुनासो छ । बैंकले गत आवमा आर्जित मुनाफाबाट १०.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । बैंकभित्रको भ्रष्टाचार कम गर्न सकेको भए अझै मुनाफा बृद्धि हुनसक्ने अवस्था थियो । बैंकमा सिईओ सुन्दर प्रसाद कँडेलले संस्थापक सञ्चालकहरुलाई रिझाउन उनीहरुका लागि महंगा र ठूला खेलहरु प्रायोजन गर्नेदेखि अनावश्यक बैठक भत्ता, घरासयी सामानहरु उपहार तथा दशैं तिहारमा रक्सी उपहार समेत दिने गरेको पाइएको छ । गत वर्ष नेपाल प्रिमियर लिग एनपिएल क्रिकेट खेलका लागि बैंकले करिब १० करोड रुपैयाँ भुक्तानी गरेको स्रोतको दावी छ । बीमापोष्टले सूचनाको हक अन्तर्गत गत वर्ष एनपिएल क्रिकेट खेलमा गरिएको भुक्तानी रकमबारे जानकारी माग गर्दा समेत गोप्य सम्झौता भन्दै दिन मानेको छैन । बैंकका सूचना अधिकारी सामेश्वर प्रसाद बस्यालले एनपिएल सँगको सम्झौता गोप्य रहने २०८२ भदौं २७ गते लिखित जानकारी नै दिएका छन् । बैंकका सूचना अधिकारी बस्यालले एनपिएलबारे कुनै … Continue reading सिद्धार्थ बैंकभित्र करोडौं भ्रष्टाचार !, लगानीकर्ताको अर्बौ रुपैयाँमाथि खेलवाड