जेन–जी आन्दोलनको दुई अर्ब बीमा दावी भुक्तानी, सिद्धार्थ प्रिमियर र शिखरको सर्वाधिक, कुनको कति ?

काठमाडौं । गत महिनाको भदौ २३ गतेदेखि सुरु भएको जेन–जी आन्दोलनको क्षतिमा २३ अर्ब १९ करोड ३६ लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार असोज २८ गतेसम्ममा कुल ३१६३ वटा बीमा दावीबापत उक्त रकमको कुल बीमा दावी परेको हो । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार हालसम्म निर्जीवन बीमा कम्पनीहरुपले एक अर्ब ९५ करोड ४७ लाख रुपैयाँ भुक्तानी गरेको छ । यसमा भुक्तानी भएको र अग्रिम भुक्तानी गरिएको रकम समेत जोडिएको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा सबैभन्दा बढी रुपैयाँको बीमा दावी परेको छ । कम्पनीमा कुल पाँच अर्ब ४८ करोड ५४ लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ । कम्पनीमा देशभरीबाट हालसम्म ३९४ वटा दावी परेका छन् । जसमा कम्पनीले भुक्तानी र अग्रीम भुक्तानीसहित ७८ करोड आठ लाख रुपैयाँ बीमितलाई वितरण गरिसकेको छ । सर्वाधिक बीमा दावी पर्नेमा द ओरियण्टल इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ । कम्पनीमा देशभरीबाट ९८ वटा दावी बापत पाँच अर्ब २४ करोड ८२ लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ । कम्पनीले असोज २८ गतेसम्मको अवधिमा ७१ लख ७० हजार रुपैयाँ मात्र दावी भुक्तानी वितरण गरेको छ । साथै, सबैभन्दा बढी बीमा दावी पर्नेमा तेस्रो नम्बरमा आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स रहेको छ । हालसम्म कम्पनीमा कुल २१५ वटा … Continue reading जेन–जी आन्दोलनको दुई अर्ब बीमा दावी भुक्तानी, सिद्धार्थ प्रिमियर र शिखरको सर्वाधिक, कुनको कति ?