दशैं-तिहारमा सिप्रदीको चमकः ५७७ टाटा गाडीको डेलिभरी, पन्च ईभी मात्रै १७७ युनिट बिक्री
काठमाडौँ । दशैं–तिहारको समयमा सिप्रदी ट्रेडिङले नेपाली अटो बजारमा उल्लेखनीय सफलता हासिल गरेको छ । टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदीले चाडपर्वको बेला कुल ५७७ युनिट सवारी साधन ग्राहकलाई डेलिभरी गर्दै बजारमा आफ्नो सशक्त उपस्थिती देखाएको हो । चाडपर्वको अवसरमा कम्पनीले ‘शानदार दशैं–तिहार अफर’ सार्वजनिक गर्दै ग्राहकलाई विविध आकर्षक सुविधा प्रदान गरेको थियो । उक्त अफरअन्तर्गत टाटा गाडी खरिद गर्ने ग्राहकले जीवनभरका लागि निःशुल्क डीसी फास्ट चार्जिङको सुविधा पाएका थिए । त्यससँगै कम्पनीले निःशुल्क होम चार्जिङ इन्स्टलेसन, एक वर्षको सवारी कर छुट, बीमा कवरेज, निःशुल्क इम्बोस्ड नम्बर प्लेट र विभिन्न एक्सेसोरिज उपहारसमेत उपलब्ध गराएको थियो । साथै, लक्की ड्रमार्फत भाग्यशाली ग्राहकलाई माल्दिभ्सको कपल ट्रिप जित्ने अवसरसमेत दिइएको थियो । सिप्रदीले यस चाडपर्वमा विभिन्न मोडेलका टाटा गाडीहरू बजारमा आपूर्ति गरेको छ । कम्पनीका अनुसार एक्सप्रेस टी का १९० युनिट, पन्च ईभीका १७७ युनिट, टियागो ईभीका १२० युनिट, कर्भ ईभीका २० युनिट, नेक्सन ईभी के–३ का ५० युनिट र इन्धन प्रयोग गर्ने गाडीका २० युनिट गरी कुल ५७७ गाडी ग्राहकलाई हस्तान्तरण गरिएको हो । पछिल्लो समय टाटाका गाडी नेपालमा लोकप्रिय बन्दै गएका छन् । इभी सेग्मेन्टमा उत्कृष्ट रेञ्ज, आकर्षक डिजाइन, अत्याधुनिक फिचर र विश्वसनीय प्रदर्शनका कारण टाटा गाडीप्रति ग्राहकको विश्वास निरन्तर बढ्दो छ । नेपालमा टाटा गाडीको लोकप्रियता बढ्नुको पछाडि कम्पनीको सशक्त बिक्रीपछिको … Continue reading दशैं-तिहारमा सिप्रदीको चमकः ५७७ टाटा गाडीको डेलिभरी, पन्च ईभी मात्रै १७७ युनिट बिक्री
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed