आईपीओ ल्याउने तयारीमा रहेको हुलास फिनसर्भको अब्बल वित्तीय सूचक, वर्षदिनको व्यापार ९५ करोड

काठमाडौँ । सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने तयारीमा जुटेको औद्योगिक घराना गोल्छा समूह अन्तर्गतको कर्जा प्रदायक कम्पनी हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले वर्षदिनमा झण्डै १ अर्बको व्यापार गरेको छ । इक्रा नेपालले सार्वजनिक गरेको प्रतिवेदन अनुसार कम्पनीले सन् २०२५ मा ९५ करोड १० लाख रुपैयाँ आम्दानी गर्ने सफल भएको हो । कम्पनीले गरेको आम्दानी अघिल्लो वर्षको तुलनामा ७८.७५ प्रतिशत अर्थात् ४१ करोड ९० लाख रुपैयाँले बढी हो । सन् २०२४ मा कम्पनीले ५३ करोड २० लाख रुपैयाँको आम्दानी गरेको थियो । कम्पनी सन् २०२३ मा ४८ करोड ८० लाख र सुन २०२२ मा ५२ करोड १० लाख रुपैयाँको व्यापार गरेको इक्रा नेपालले जनाएको छ । त्यस्तै, कम्पनीको कुल व्यवस्थापित पोर्टफोलियो सन् २०२३ मा २ अर्ब ६१ करोड रुपैयाँ रहेकोमा २०२५ मा उल्लेखनीय वृद्धि हुँदै ८ अर्ब १८ करोेड १० लाख रुपैयाँ पुगेको छ । सन् २०२४ मा पनि कुल व्यवस्थापित पोर्टफोलियो ३ अर्ब ४६ करोड ९० लाख रुपैयाँ रहेको थियो । सन् २०२५ मा कम्पनीको औसत व्यवस्थापित सम्पत्तिमा प्रतिफल ३.६५ प्रतिशत पुगेको छ । सन् २०२४ मा उक्त प्रतिफल ३.१२ प्रतिशत रहेको थियो । साथै, कम्पनीको सकल गैर–सम्पादित ऋण (एनपीए) ३.०८ प्रतिशतमा सीमित रहनु, सावधानीपूर्वक जोखिम व्यवस्थापन र सन्तुलित क्रेडिट नीतिको परिणाम हो । २०२३ मा ५.९८ प्रतिशत रहेको एनपीएलाई कम्पनीले … Continue reading आईपीओ ल्याउने तयारीमा रहेको हुलास फिनसर्भको अब्बल वित्तीय सूचक, वर्षदिनको व्यापार ९५ करोड