हिमालयन बैंकको सेवा १५ दिनदेखि अबरुद्ध, लाखौं ग्राहक प्रभावित
काठमाडौँ। नेपाल राष्ट्र बैंकबाट क वर्गको अनुमति प्राप्त हिमालयन बैंकले आफ्ना ग्राहकलाई १५ दिनदेखि बैंकिङ सेवा पहुँचविहीन बनाएको छ। बैंकले सिस्टम स्तरोन्नतिको नाममा ग्राहकको खाता बन्धक बनाउँदा लाखौं ग्राहकले आर्थिक र दैनिक जीवनमा कठिनाइ भोग्नुपरिरहेको हो । लामो समयदेखि बैंकको कारोबार ठप्प हुँदा सामाजिक सञ्जालमा ग्राहकको आक्रोस पोखिएको छ भने बैंकले अझै जिम्मेवारीपूर्वक स्थिति व्यवस्थापन गर्न सकेको छैन। बैंकले गत असोज ३१ गते एक सूचना जारी गर्दै तिहारको मुख्य समयमा कात्तिक ३ गतेदेखि १० गतेसम्म आफ्नो कोर बैंकिङ सफ्टवेयर टी–२४ रिलिज आर–२३ मा स्तरोन्नति गर्ने योजना सार्वजनिक गरेको थियो। बैंकले सूचनामा सम्पूर्ण शाखा, एटीएम, मोबाइल बैंकिङ, अनलाइन बैंकिङ लगायतका सेवा बन्द हुने स्पष्ट उल्लेख गरेको थियो। तर १० गतेदेखि सेवा सुचारु हुने भनिएकोमा आज कात्तिक १७ गतेसम्म पनि ग्राहकले सामान्य बैंकिङ कारोबार गर्न सकिरहेका छैनन्। बैंकिङ सेवा ठप्प हुँदा ग्राहकलाई आर्थिक, सामाजिक र स्वास्थ्यसम्बन्धी विभिन्न समस्याको सामना गर्नुपरेको छ। कतिपयले अस्पताल, विद्यालय, पसल र अन्य संवेदनशील क्षेत्रमा भुक्तानी गर्न नसक्दा असहजता महसुस गरेको बताएका छन्। धेरै ग्राहकले आफ्नो खातामा रहेका रकमसम्म पहुँच नपाउँदा दैनिक जीवनमा कठिनाइ भोगिरहेको जानकारी सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन्। ग्राहकले बेहोरेको असहजता र पिडाबारे बैंकले कुनै आधिकारिक जानकारी नदिँदा ग्राहकमा निरन्तर अविश्वासको वातावरण सिर्जना भएको छ। बैंकले आफ्नो आधिकारिक पेजमा मात्र सूचना जारी गरी कमेन्ट … Continue reading हिमालयन बैंकको सेवा १५ दिनदेखि अबरुद्ध, लाखौं ग्राहक प्रभावित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed