प्राइम बैंकभित्र बैंकिङ कसूरको अपराध, कमल ज्ञवाली पक्राउ पर्दा अमृतचरणलाई उन्मुक्ति किन ?

काठमाडौं । प्राइम बैंकभित्र बैंकिङ कसूरको गम्भीर घटना बाहिर आएको छ । पोखराको पन्थी डेरीको नाममा २०७५ साल भदौ १२ गते सात करोड रुपैयाँ ऋण स्वीकृत गरी शाखा प्रमुख नरेन्द्र थापा र तत्कालीन सिईओ अमृतचरण श्रेष्ठले मिलेमतोमा खाएको रकम अझैसम्म पीडितकै नाममा राखेर घटना गुपचुप पार्न खोजिएको छ । तत्कालीन कैलाश विकास बैंक हुँदाका बखत २०७५ सालदेखिको सो घटनामा पन्थी डेरीको नाममा ऋण जारी भएको देखाएर शाखा प्रमुख थापा र सिईओ अमृतचरण श्रेष्ठ समेतको मिलेमतोमा कर्जा दुरुपयोग गरिएको थियो । नेपाल राष्ट्र बैंक ऐनमा ऋणी वा खातावालको रकम दुरुपयोग गर्न नपाइने व्यवस्था छ त्यसरी सेवाग्राहीको नाममा भएको रकम दुरुपयोग गरेमा बैंकिङ कसूरमा कारवाही गर्नुपर्ने कानुनी प्रावधान रहेको छ । तर नियामक निकाय नेपाल राष्ट्र बैंकका उच्च तहका कर्मचारीहरू बिक्री हुँदा उक्त काण्ड वर्षौदेखि ढिसमिस हुँदै आएको थियो । पन्थी डेरीको नाममा एक करोड ७५ लाखबाट शुरु भएको ऋणमा एक करोड ५० लाख रुपैयाँ बैंकका कर्मचारीहरू आफैंले झिकेर रकम चलाएका थिए । सो रकमको सावाँ ब्याज नतिरे सम्पत्ति लिलाम गर्ने भन्दै अहिले चर्को दबाब बैंकले दिइरहेको पीडितले बीमापोष्ट समक्ष गुनासो गरेका छन् । प्राप्त तथ्य र प्रमाणहरूमा सो घटनामा बैंकिङ कसूर भएको भन्दै अर्थ मन्त्रालयले छानबिन गरी दोषीमाथि कारवाही गर्न २०७७ साल मंसिर २१ गते च.नं ४०९ नम्वरको पत्रमार्फत निर्देशन दिंदा … Continue reading प्राइम बैंकभित्र बैंकिङ कसूरको अपराध, कमल ज्ञवाली पक्राउ पर्दा अमृतचरणलाई उन्मुक्ति किन ?