७५ करोड वक्यौता नतिरेको रिलायन्स स्पिनिङ मिल्सको वर्षदिनको व्यापार १० अर्ब २३ करोड

काठमाडौँ । डेडिकेटेड र ट्रंकलाइनको ७५ करोड ३६ लाख ८४ हजार ३३५ रुपैयाँ बक्यौता नतिरेको रिलायन्स स्पिनिङ मिल्सले वर्षदिनमा १० अर्बमाथिको कारोबार गरेको छ । गोल्यान ग्रुप र एमएस ग्रुपको संयुक्त लगानी रहेको कम्पनीले गत आर्थिक वर्षमा १० अर्ब २३ करोड ९० लाख रुपैयाँको कारोबार गरेको हो । सन् २०२४ मा ९ अर्ब २० करोड ७० लाख रुपैयाँको कारोबार गरेको कम्पनीले सन् २०२३ मा १० अर्ब ६० लाख रुपैयाँ र सन् २०२२ मा १० अर्ब १० करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । लोडसेडिङको समयमा २४ घण्टा नै विद्युत प्रयोग गरेर राज्यलाई वक्यौता नतिरेको कम्पनीले उल्लेख्य रुपमा व्यापार गर्दै आइरहेको छ । तर, वक्यौता तिर्ने भने कम्पनी आनाकानी गर्दै आइरहेको छ । बेला बेला रिलायन्स स्पिनिङसहित दुई दर्जन भन्दा बढी उद्योगले राजनीतिक संरक्षणमा वक्यौता तिर्नेमा उन्मुक्ति पाउँदै आइरहेका छन् । प्राधिकरणले रकम असुलीका लागि पत्र पठाएपछि मिल्सले २०८२ असोज १० गतेको निर्णय असोज १२ र १३ गते जारी पत्र र सूचना कार्यान्वयन नगर्न माग गर्दै अदालत पुगेको थियो । उच्च अदालत पाटनले समेत रिलायन्स स्पिनिङ मिल्स प्रालीलाई नेपाल विद्युत् प्राधिकरणविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । यसअघि सुनसरी जिल्ला अदालतले समेत सो मुद्धामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको थियो । सन् १९९४ मा स्थापना गरिएको रिलायन्स मिल्स … Continue reading ७५ करोड वक्यौता नतिरेको रिलायन्स स्पिनिङ मिल्सको वर्षदिनको व्यापार १० अर्ब २३ करोड