मुक्तिनाथ विकास बैंक ऋणी ठग्दै, होस् गर्नुस् कतै तपाई पनि ठगिनु भएको त छैन ?
काठमाडौँ । वाणिज्य बैंक बन्ने तयारीमा जुटेको मुक्तिनाथ विकास बैंकले ग्राहकलाई गुमहरामा राख्दै ठगी धन्दा चलाइरहेको खुलासा भएको छ । नवलपरासीको गैडाकोट–५ निवासी ख्याम नारायण पराजुलीले लिएको ऋण चुक्ता गर्दा उनले नलिएको कर्जासमेत देखाई बैंकले लाखौँ रुपैयाँ असुल गरेको पीडितले गुनासो गरेका छन् । पराजुलीले मुक्तिनाथ विकास बैंकको नारायणघाट शाखाबाट २०७० सालमा घर निर्माणका लागि १९ लाख ५० हजार रुपैयाँ र २०७४ सालमा व्यवसाय विस्तारका लागि थप ४० लाख रुपैयाँ कर्जा लिएका थिए । त्यसपछि कोरोना महामारीका बेला व्यवसाय ठप्प हुँदा बैंकको ‘कोभिड प्रोटेक्सन’ अन्तर्गत उनले ८ लाख रुपैयाँ कर्जा थप लिएका थिए । मुक्तिनाथ विकास बैंकले चर्को ब्याज दर लगाएपछि पराजुलीको उठिबास हुने देखेर सम्पत्ति बिक्री गरी ऋण चुक्ता गर्ने निर्णयमा पुगे । तर व्यवसायमा घाटा बढ्दै गएपछि २०७९ साल पुस मसान्तसम्म सम्पत्ति बेचेर सम्पूर्ण ऋण चुक्ता गर्ने निर्णयमा पुगे । उनले आफ्नो सम्पत्ति विक्री गरी प्राप्त रकम आफ्नो व्यक्तिगत खातामा जम्मा गरे र उक्त रकमबाट बैंकको सम्पूर्ण कर्जा तिर्ने तयारी गरे । तर, बैंकले कुनै सूचना नदिई उक्त खाताबाट असुल गर्नुपर्ने भन्दा १२ लाख रुपैयाँ बढी तानेर ठगी गरेको छ । पीडित पराजुलीले बीमापोष्टसँग गुनासो गर्दै भने, ‘मैले सम्पत्ति बेचेर सबै ऋण चुक्ता गर्ने निर्णय गरे । त्यसका लागि व्यक्तिगत खातामा रकम जम्मा गरे । तर बैंकले मलाई … Continue reading मुक्तिनाथ विकास बैंक ऋणी ठग्दै, होस् गर्नुस् कतै तपाई पनि ठगिनु भएको त छैन ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed