गाडी किन्ने घट्दा तनावमा अटो व्यवसायी, हजारौँ गाडी गोदाममै स्टक
काठमाडौं । पछिल्लो केही महिनादेखि नेपाली अटो बजार सुस्त बनेको छ । अटो शोमा देखिएको उत्साह, ईभीमय वातावरण र बजारले सम्हालेको गतिशीलता जेन-जी आन्दोलनका कारण एकाएक भत्किँदै गएको हो । आन्दोलनले सिंगो अर्थतन्त्र हल्लिँदै जाँदा उपभोक्तामा अनिश्चितता र त्रास बढ्यो, जसको प्रत्यक्ष प्रभाव अटो उद्योगमा परिरहेको छ । केही समयअघि सम्म ‘बिक्री बढ्ने’ आशामा बसेका व्यवसायी अहिले ‘कसरी टिक्ने’ भन्ने प्रश्नमा जुधिरहेका छन् । बजारमा गति छैन, खरिद चाहना झनै हराउँदै गएको छ र आर्थिक गतिविधि नै ठप्पजस्तै हुँदा अटो क्षेत्र मन्दीमा फसेको छ । उपभोक्ताको मनोबल कमजोर बनेको छ । गाडी किन्ने मनसाय घट्दै जादा अटो क्षेत्रमा माग ओरालो लागेको छ । आन्दोलनले व्यवसायिक गतिविधिमा बाधा आएर रोजगारमा परेको अनिश्चितताले उपभोक्ता खर्च गर्नभन्दा बचतमा उन्मुख हुँदै गएका छन् । उपभोक्ताले अत्यावश्यक खर्चलाई मात्र प्राथमिकता दिइरहेका हुन् । फलस्वरूपः नयाँ गाडी खरिद गर्ने प्रवृत्ति खुम्चिएको छ । अहिले गाडी बिक्रीमा ८० प्रतिशतसम्म गिरावट आइसकेको छ । यद्यापी, आयातको तथ्याङकले गिरावट देखाउँदैन । चालु आर्थिक वर्ष २०८२/८३ को असोजसम्ममा मात्र २६२० वटा ईभी कार नेपाल आएका छन् । निर्माता कम्पनीले तयार पारेका गाडी आयातकर्ताले समयमै अर्डर गरेका भएर, बिक्री घटे पनि कारहरू नेपाल आएका छन् । तर यिनै अर्डर अहिले उल्टै व्यवसायीको टाउको दुःखाइ बनेका छन्, किनकि बजार सुस्त हुँदा ती … Continue reading गाडी किन्ने घट्दा तनावमा अटो व्यवसायी, हजारौँ गाडी गोदाममै स्टक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed