उपभोक्ता ठग्दै अर्घाखाँची सिमेन्ट, गुणस्तरको नाममा भ्रम छर्दा वाणिज्य विभागको फन्दामा
काठमाडौं । ब्यवसायी पशुपति मुरारकाको स्वामित्वमा रहेको अर्घाखाँची सिमेन्ट गुणस्तरहीन सामान बजारमा पुर्याउँदै उपभोक्तामाथि निरन्तर ठगी गर्दै आएको तथ्य बाहिर आएको छ । उपभोक्ताको विश्वासमा चोट पुर्याउँदै, गुणस्तरको नाममा भ्रम छर्दै र ऐन–कानुनको धज्जी उडाउँदै कम्पनीले अवैध तथा अनुचित व्यापारिक क्रियाकलाप गर्दै आएको विषय सरकारी निकायकै अनुगमनबाट प्रमाणित भएको हो । उपभोक्ताको गुनासोहरू बढ्दै गएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उद्योगमा अनुगमन थालेको हो । अनुगमनका क्रममा उद्योगले ग्राहकलाई झुक्काउने, गुणस्तरहीन सामान बजारमा पठाउने, वस्तुको वास्तविक अवस्था लुकाएर बेच्ने जस्ता गम्भीर अनियमितता गरेको पुष्टि भएको विभागले जनाएको छ। विभागले तत्कालै कारवाही प्रक्रिया अघि बढाउँदै कम्पनीलाई दुई लाख पाँच हजार रुपैयाँ बराबरको जरिवाना तोकेको छ । उपभोक्तालाई विश्वसनीय सेवा र वस्तु उपलब्ध गराउन बनेको उपभोक्ता संरक्षण ऐन, २०७५ को एकपछि अर्को प्रावधानको खुल्लमखुल्ला उल्लंघन गर्दै आएको अर्घाखाँची सिमेन्ट ‘गुणस्तर’ र ‘ब्रान्ड’ नाममा उपभोक्तालाई धोका दिइरहेको सरकारी निकायको ठहर छ। देशभरका निर्माण उपभोक्ताले विश्वास गरेर खरिद गर्दै आएको एक स्थापित ब्रान्डले यति गैरजिम्मेवार र गैरकानुनी गतिविधि गर्नुलाई विभागले गम्भीर रूपमा लिएकोछ। अर्घाखाँची सिमेन्टविरुद्ध गरेको कारवाही उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ (२) र दफा ३८ (ङ) मा वर्णित कसुर प्रमाणित भएको आधारमा गरिएको हो। दफा १६ (२) ले ‘वस्तु वा सेवाको वास्तविक गुणस्तर, परिमाण, मूल्य, नापतौल, ढाँचा वा बनावट जस्ता … Continue reading उपभोक्ता ठग्दै अर्घाखाँची सिमेन्ट, गुणस्तरको नाममा भ्रम छर्दा वाणिज्य विभागको फन्दामा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed