सुधारिँदै हाइड्रोको वित्तीय अवस्थाः मुनाफा दोब्बरले बढ्यो, ९२ वटा मध्ये कसको कति ? (तथ्यांकसहित)

काठमाडौँ । हाइड्रो कम्पनीहरुको मुनाफा आकर्षक सुधार देखिएको छ । चालु आर्थिक वर्ष २०८२।०८३ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार अधिकांश कम्पनीको नाफामा उछाल देखिएको हो । हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत मध्ये ९२ कम्पनीले ५ अर्ब ६ करोड ५२ लाख ११ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् । उक्त नाफा गत आर्थिक वर्ष २०८१।०८२ को सोहि अवधिको तुलनामा ९२.९२ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको तीन महिनामा कम्पनीहरुले २ अर्ब ६२ करोड ५५ लाख ४१ हजार रुपैयाँ नाफा कमाएका थिए । गत आर्थिक वर्षको असोज महिनासम्ममा १७ कम्पनीको मुनाफा ऋणात्मक रहेकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा १३ कम्पनी मात्रै ऋणात्मक देखिएको छ । सर्वाधिक नाफा आर्जन गर्ने सूचीको पहिलो नम्बरमा अपर तामाकोशी रहेको छ । तीन महिनामा कम्पनीले १ अर्ब ६७ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको नाफा १६४.९९ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा ६३ करोड १९ लाख ८४ हजार रुपैयाँ रहेको थियो । त्यस्तै, धेरै नाफा कमाउने दोस्रो नम्बरमा रहेको साहस उर्जाको मुनाफा २३.६६ प्रतिशतले बढेर ४९ करोड ४८ लाख रुपैयाँ, माउन्टेन इनर्जीको ३८.६७ प्रतिशतले बढेर ४२ करोड ३४ लाख, ग्रीन भेन्चर्सको २८.५२ प्रतिशतले बढेर ३० करोड २८ लाख, राधी विद्युतको ८११.६३ प्रतिशतले बढेर २७ … Continue reading सुधारिँदै हाइड्रोको वित्तीय अवस्थाः मुनाफा दोब्बरले बढ्यो, ९२ वटा मध्ये कसको कति ? (तथ्यांकसहित)