जीवन बीमकको कुल बीमाशुल्क आर्जन १६ प्रतिशतले बढ्यो, कुन कम्पनीको कति?
काठमाडौं । नेपाल बीमा प्राधिकरणले आजै सार्वजनिक गरेको एक तथ्यांकअनुसार १४ वटा जीवन बीमा कम्पनीहरूले चालू आवको कात्तिक महीनासम्म ६२ अर्ब २१ करोड ८४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। यी कम्पनीहरूले गत आवको कात्तिक महीनासम्म ५३ अर्ब ३९ करोड ३२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेकोमा त्यसको तुलनामा चालू आवमा १६.५३ प्रतिशतले कुल बीमाशुल्क आर्जन बढेको हो। नेपाल लाइफले सर्वाधिक १७ अर्ब ९२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ भने नेशनल लाइफले ७ अर्ब ४७ करोड ३० लाख रुपैयाँ, एलआईसी नेपालले ६ अर्ब ४६ करोड ८९ लाख रुपैयाँ, हिमालयन लाइफले ५ अर्ब ६४ करोड ७ लाख रुपैयाँ र सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले ५ अर्ब ३ करोड ९३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। त्यसपछि सूर्यज्योति लाइफले ३ अर्ब ६४ करोड ५ लाख रुपैयाँ, एशियन लाइफले २ अर्ब ९९ करोड ५० लाख रुपैयाँ, सिटिजन लाइफले २ अर्ब ६६ करोड ६४ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले २ अर्ब २८ करोड १६ लाख रुपैयाँ, मेट लाइफले २ अर्ब ९ करोड ४१ लाख रुपैयाँ, आइएमई लाइफले १ अर्ब ९४ करोड ५४ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ८० करोड ४३ लाख रुपैयाँ र सन नेपाल लाइफले १ अर्ब ३० करोड ६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको … Continue reading जीवन बीमकको कुल बीमाशुल्क आर्जन १६ प्रतिशतले बढ्यो, कुन कम्पनीको कति?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed