काठमाडौँ । नेपाली अटो बजारमा ओमोडा र जेको ब्रान्डका विद्युतीय (ईभी) सवारी साधनको दबदबा लगातार बढिरहेको छ । उपभोक्ताहरुको उच्च मागका कारण यी ब्रान्डका सवारी साधन सर्वाधिक बिक्री वितरण भइरहेको हो । ओमाडा र जेकोको नेपालका लागि आधिकारिक वितरकको रुपमा शारडा ग्रुप अन्तर्गतको एसपीजी अटोमोबाइल्सले साढे ३ अर्बको व्यापार गर्ने सफल भएको छ । कम्पनीले सन् २०२४।२५ मा कम्पनीले कुल ३ अर्ब ६२ करोड ७० लाख रुपैयाँको कारोबार गरेको हो । यो रकम गत आर्थिक वर्ष २०२३।२४ को तुलनामा १३४ प्रतिशतले बढी हो । सो वर्ष कम्पनीले १ अर्ब ५४ करोड ५० लाख रुपैयाँको कारोबार गरेको थियो । कम्पनीले २०२२।०२३ मा ६१ करोड ५० लाख, २०२१।०२२ मा ५ अर्ब ५५ करोड, २०२१।०२२ मा ३ अर्ब ५४ करोड २० लाख र २०२०।०२१ मा १ अर्ब २० करोड रुपैयाँको कारोबार गरेको छ । ओमाडा र जेकोका सवारी साधन उच्च गुणस्तर, आकर्षक डिजाइन, लोभलाग्दो फिचर र प्रतिस्पर्धात्मक मूल्यका कारण उपभोक्तामाझ लोकप्रिद हुँदै गइरहेका छन् । कम्पनीले आफ्नो केन्द्रिय शोरुमबाट मात्रै करिब ४९ प्रतिशत सवारी बिक्री गर्ने गरेको तथ्याङ्क छ । काठमाडौँमा विद्युतीय सवारी साधनको प्रतिस्पर्धा उच्च रहँदै आएको छ । नयाँ मोडलहरू बजारमा आउँदै गर्दा पनि ओमाडा र जेकोका सवारी साधनले उपभोक्ताको विश्वास कायम राख्न सफल भएका छन् । २०२४।०२५ मा कम्पनीले कुल … Continue reading ओमोडा र जेको ब्रान्डका ईभी बेचेर एसपीजी अटोमोबाइल्सले वर्षदिनमा कमायो साढे ३ अर्ब, ‘ओमाडा ई-५’ को माग उच्च
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed